मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

झापा सामुदायिक सहकारीको साधारणसभा सम्पन्न

देश प्रदेश डेस्क 5497+ समाचार ( )
२४ कार्तिक २०८१, शनिबार

झापा । झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमीटेड भद्रपुर–७ चन्द्रगढीको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष हरिप्रसाद गौतमको सभापतित्व तथा झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा शनिबार चन्द्रगढीमा सम्पन्न भएको हो ।
 अध्यक्ष गौतमले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । संस्थाले गत आर्थिक वर्ष २०८०। ८१ मा ९४ लाख ८८ हजार ५ सय ४८ रुपैयाँ १५ पैसा आम्दानी गरी ९ लाख ९७ हजार ५ सय ७३ रुपैयाँ २५पैसा मुनाफा गरेको जनाएको छ । त्यसैगरी चालु  आर्थिक वर्ष २०८१ । ८२ का लागि १ करोड २३ लाख २१ हजार आम्दानीको लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट बचत, ऋणी र अनिवार्य बचत कर्ता पुरस्कारमा क्रमश खगेन्द्र प्रसाद पराजुली , दुर्गा कुमार राई र उमेशचन्द्र ओलीलाई सम्मानसिहत पुरस्कृत गरिएको थियो । त्यसैगरी वर्ष ८१ की पुण्यवती वानियाँ र ८१ वर्षका रामबहादुर तामाङ्लाई जेष्ठ सदस्य सम्मानबाट सम्मानित गरिएको थियो भने कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने रोनित भट्टराई र सविना घिमिरेलाई नगदसहित शेयर सदस्य सन्तती पुरस्कार प्रदान गरिएको थियो । संस्थाले अतिथिहरूलाइ समेत मायाकाे चिनाे प्रदान गरेकाे थियाे ।

समितिका उपाध्यक्ष भरत पोखरेलले स्वागत गरेको कार्यक्रममा राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था भद्रपुरका अध्यक्ष वशिष्ठ अधिकारी र बचत तथा ऋण राष्ट्रिय सङ्गठनका महासचिव  घनश्याम अधिकारीले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मिनप्रसाद पोखरेलले गरेका थिए भने अध्यक्ष गाैतमले धन्यवाद दिएका थिए ।

संस्थामा हाल ११ सय ४१ महिलासहित २ हजार  ५ जना शेयर सदस्य रहेका छन् ।
संस्थाले चारवटा एकाईमा विभाजन गरी असोज १४ बाट १९ गतेसम्म एकाई साधारणसभा सम्पन्न गरी एकाईबाट छनोट भएका शेयर सदस्यबाट मूल साधारण सभा सम्पन्न गरेको संस्थाका व्यवस्थापक आनन्द खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार