मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा

देश प्रदेश डेस्क 5497+ समाचार ( )
१४ अशोज २०८३, बुधवार

। जापानको फुकुओकामा झापाकी २५ वर्षीया लक्ष्मी राजवंशीको हत्या भएको घटनामा पक्राउ परेकी २८ वर्षीया सन्जु तामाङविरुद्ध प्रहरीले मंगलबार हत्या अभियोग दर्ता गरेको छ।

जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार घटनाको रात लक्ष्मीमाथि घरभित्रै भाँडाले टाउकोमा पटक–पटक प्रहार गरिएको र त्यसपछि घाँटीमा डोरी बाँधेर तेस्रो तलाबाट नदीतर्फ खसालिएको आरोप सन्जुमाथि लगाइएको छ। नदीमा खसेपछि डुबेर लक्ष्मीको मृत्यु भएको प्रहरीको दाबी छ।

यस घटनामा सन्जुसहित तीन नेपाली पक्राउ परेका थिए। तर अनुसन्धानपछि अन्य दुई जनालाई अभियोग नलगाई रिहा गरिएको जनाइएको छ। घटनाको कारण व्यक्तिगत सम्बन्धसँग जोडिएको विवाद हुनसक्ने कोणबाट प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार