मुख्य समाचार
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित |

बैठक अवराेध
कोशी प्रदेशसभा बैठकमा प्रतिपक्ष दलको नाराबाजी, बैठक अनिश्चितकालका लागि स्थगित

देश प्रदेश डेस्क 5491+ समाचार ( )
६ भाद्र २०८०, बुधवार

झापा । कोसी प्रदेशसभा बैठक प्रतिपक्षी दलको विरोध र बहिष्कारका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ ।  नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री उद्धव थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएपछि बैठक बधुबारका लागि आह्वान गरिएको थियो । 

थापाले सभामुख इस्राइल मन्सुरीलाई समेत प्रयोग गरेर संविधानविपरीत विश्वासको मत लिएका थिए । बुधबारको बैठक सुरु हुनासाथ उठेर विरोध जनाउँदै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले नाराबाजीमा उत्रिए। 

कानुनको धज्जी उडाएर मुख्यमन्त्रीलाई विश्वासको मत दिने सभामुखको अध्यक्षतामा सभा सञ्चालन हुन नसक्ने भन्दै प्रतिपक्षी नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यले बैठक बहिष्कार गरेका हुन् । सभाध्यक्ष मन्सुरीले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले र राप्रपाका प्रदेशसभा सदस्यले उठेर विरोध जनाए । 

त्यसपछि सभाध्यक्षविरुद्ध नाराबाजी गर्दै प्रदेशसभा सदस्यहरु बैठक कक्ष छाडेर बाहिरिएका हुन् । उनीहरुले ‘असंवैधानिक कदम मुर्दावाद’ भनेर नाराबाजी गरेका थिए । लगत्तै सभामुख मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार