मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

राजसंस्था पुनर्स्थापनाको आन्दोलन नयाँ ढङ्गले अघि बढ्छ : प्रवक्ता नेपाल

देश प्रदेश डेस्क 5449+ समाचार ( )
३१ आषाढ २०८२, मङ्गलबार

झापा / राजसंस्था पुनर्स्थापनाका लागि गठित 'संयुक्त जनआन्दोलन परिचालन समिति'ले आफ्ना संयोजक नवराज सुवेदी पूर्ववत् पार्टीको जिम्मेवारीमा फर्कन चाहेपछि आन्दोलनलाई नयाँ स्वरूपमा अघि बढाउने घोषणा गरेको छ।

समितिका प्रवक्ता स्वागत नेपालद्वारा आज जारी प्रेस विज्ञप्तिमा सुवेदीको बहिर्गमनपछिको परिस्थितिलाई सम्बोधन गर्दै आन्दोलनलाई 'साझा स्वतन्त्र नागरिक आन्दोलन'का रूपमा विकास गरिने उल्लेख छ।

सुवेदीको निर्णयपछि आन्दोलनले अब स्वतन्त्र संयोजनकारी भूमिकाको खोजी गर्ने जनाएको छ। 'आन्दोलनले साझा स्वतन्त्र नागरिक आन्दोलनको स्वरूप धारण गर्नैपर्छ,' विज्ञप्तिमा भनिएको छ, 'किनकि राजसंस्था पुनर्स्थापना हुँदा राजा चाहनेहरूका लागि मात्र होइन, राजाविरोधी विचार राख्नेहरूका लागि पनि राजालाई सबैका साझा नै बनाउने हो।'

समितिले आन्दोलन नरोकिएको स्पष्ट पार्दै नयाँ चरणको तयारी भइरहेको जानकारी दिएको छ। विभिन्न दल, अभियान र संघसंस्थाहरूसँग संवाद जारी रहेको र चाँडै नै पत्रकार सम्मेलनमार्फत साझा स्वतन्त्र नागरिक आन्दोलनको घोषणा गरिने बताइएको छ। समितिले विकासक्षेत्र, अञ्चल, जिल्ला, पालिका, वडा र टोल तहसम्मका समितिहरूबारे पनि जानकारी दिने योजना बनाएको छ।

हेर्नुहाेस् विज्ञप्ति

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार