मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

झापामा पहिचानवादीले गरे युवा दस्ता घोषणा, लट्ठीसहित शक्ति प्रदर्शन

देश प्रदेश डेस्क 5490+ समाचार ( )
३० भाद्र २०८०, शनिबार

झापा । कोशी नाम खारेजीको आन्दोलन जारी राखेका पहिचानवादीहरूले बिर्तामोडमा युवा दस्ता घोषणा गरेका छन् ।

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति झापाले एक कार्यक्रम गरी १५०१ जनाको युवा दस्ता घोषणा गरेको हो । जसको संयोजकमा सामी पालुङ्वा , सहसंयोजकमा सुमन सम्बाहाम्फे , सदस्य सचिवमा गौरीमान राई र सहसंयोजकमा कर्ण राजवंशी रहेका छन् ।

बिर्तामोडको सिटी सेन्टरमा युवा दस्ता गठन भएको घोषणापछि घरेलु हतियार लट्ठीसहितको जर्सीधारी युवाहरूलाई बिर्तामोडमा मार्चपास गराइएको थियो । कोशी प्रदेश खारेजीको नारामा हातमा लट्ठी उचाल्दै उनीहरूले मार्चपास गरेका थिए ।

मार्चपासपछि बिर्तामोडको अदुवा पुलनजिक कोणसभा गरिएको थियो । सभामा विभिन्न जातीय संस्थाका अगुवाहरूले बोलेका थिए । यसअघि ठुलो सङ्ख्यामा तैनाथ प्रहरीले लट्ठीसहित मार्चपास गर्न नदिने बताएकोमा पछि लट्ठीसहित नै मार्चपास गर्न दिएको थियो । यसअघि भदौ २६ गते पहिचानवादीहरूले हल्दिवारीमा १०१ जनाको युवा दस्ता गठन गरेका थिए ।कोशी प्रदेशको चार वटा जिल्लामा पहिचानवादीहरूले युवा दस्ता गठन गरेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार