मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

देश प्रदेश डेस्क 5408+ समाचार ( )
९ मंगशिर २०८०, शनिबार

झापा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-१० कोटीहोमस्थित सडकमा ना.८ ख ५८४४ नम्बरको ट्रकले प्रदेश २-०३-०१७ प ६५३२ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४० वर्षीया बालकुमारी कंडेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनो पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । उता रूकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ चिसापानीस्थित सडकमा राडी बजारदेखि नेपालगञ्ज तर्फ जाँदै गरेको ना.३ ख ५२०७ नम्बरको बसबाट झर्ने क्रममा बसले ठक्कर दिँदा सोही ठाउँ बस्ने ३७ वर्षीय गणेश दमाईको शुक्रबार साँझ मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल राडीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २ जनाको वेस्टर्न अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यस्तै सिरहाको भगवानपुर गाउँपालिका-१ भगवानपुरस्थित सडकमा प्र.२-०१- ००२ प ३९०६ नम्बरको मोटरसाइकल र स.९ प ७०१२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा स.९ प ७०१२ नम्बरको मोटरसाइकल चालक लहान नगरपालिका-१० गोठटोल बस्ने २९ वर्षीय दुर्गानन्द कुमार रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तऋषी अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका प्र.२-०१-००२ प ३९०६ नम्बरको मोटरसाइकल चालक समेत २ जनाको सप्तरीस्थित जिवन ज्योति अस्पताल बोदेबर्शाईनमा उपचार भइरहेको छ ।यता दाङको तुलसीपुर उपमहानगरपालिका-७ गैरापातुस्थित सडकमा रानिजरूवाबाट दमारगाउँतर्फ जाँदै गरेको सु.प.प्र०१-००९ प ६६५३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक कैलाली लम्कीचुहा नगरपालिका-८ कुन्तिखेत बस्ने २४ वर्षीय विकास भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार