मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

विराटनगरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, श्रीमान् घाइते

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२६ कार्तिक २०८२, मङ्गलबार

झापा /  विराटनगरको बरगाछी चोक नजिकै ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ भने उनको श्रीमान घाइते भएका छन् ।

विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिकै मंगलबार साँझ भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा सर्लाही हरिपुर नगरपालिका– १ की ४५ वर्षीया रोहिता अधिकारी कोइरालाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार कञ्चनबारीबाट दक्षिणतर्फ आउँदै गरेको डब्लूबी ५९ सी ०२४८ नम्बर भारतीय ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्रदेश २–०३–०११ प ४३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते रोहिताको कोशी अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक ५७ वर्षीय विमल कोइराला घाइते छन् । घाइते विमल रोहिताका श्रीमान् हुन् । उनको अवस्था सामान्य छ ।

ट्रक र ट्रक चालक भारत बिहारको सिमान्त जिल्ला बडहरियाका ४० वर्षीय कन्हैया यादवलाई नियन्त्रणमा लिएको मोरङका ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपानले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार