मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

ताइवानको संसदमा मुक्का हानाहान, पाँच सांसद अस्पताल भर्ना

देश प्रदेश डेस्क 5493+ समाचार ( )
६ जेठ २०८१, आइतबार

एजेन्सी । ताइवानको संसदमा विवादास्पद विधेयकलाई लिएर सत्तारुढ र विपक्षी सांसदहरूबिच हात हालाहाल भएको छ ।  दुई पक्षबीचको भनाभन झडपमा बद्लिएर सांसदहरूले एकअर्कालाई मुक्का हानाहान गरेका थिए भने पोडियममा उफ्रिएर संसदको कारबाही अवरुद्ध गरेका थिए । केही सांसदहरूले भने फाइल खोसेर सदन बाहिर लगेका थिए ।

झडपका क्रममा घाइते भएका पाँच जना सांसदलाई अस्पताल भर्ना गर्नुपरेको थियो । घाइते हुनेमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) र कुओमिन्ताङ (केएमटी) दुवैका प्रमुख व्यक्तिहरू थिए । डीपीपी सांसद र विपक्षी केएमटी र टीपीपी पार्टीका सांसदहरूबीच झडप केही घण्टासम्म चलेको थियो ।

ताइवानका नयाँ राष्ट्रपति चिङ तेहको शपथ ग्रहण नजिकिँदै गर्दा संसदमा यस्तो घटना भएको हो । चिङ तेहको शपथ ग्रहण सोमबार मे २० मा हुँदै छ । ताइवान संसदमा सरकारको काम कारबाहीमाथि नजर राख्ने विपक्षी सांसदलाई बढी अधिकार हुने एउटा विधेयक पेस गरिएको थियो । 

यस बाहेक संसदमा गलत बयान दिने सरकारी अधिकारीहरूमाथि फौजदारी अभियोग दार्ता हुने व्यवस्था पनि सो विधेयकमा थियो । यही विधेयकमाथि मतदान हुनुअघि सत्तारुढ र विपक्षी दलका सांसदबिच झडप भएको थियो ।

बहुमत भएकोले विपक्षी दल केएमटीले संसदमा आफ्ना सांसदहरूलाई बढी शक्ति दिलाउन खोजिरहेको छ । विपक्षी दलका सदस्यहरूले जबरजस्ती यो विधेयक संसदमा पास गराउन खोजेको र यो संविधानको उल्लङ्घन भएको आरोप लाइको पार्टी डीपीपीले लगाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार