मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

नेताहरुमाथि ज्यानै मार्ने उद्देश्यले आक्रमण भयो - युवा संघ झापा

देश प्रदेश डेस्क 5497+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

झापा । राष्ट्रिय युवा संघ झापाले संगठनका नेताहरुमाथि भएको आक्रमण ज्यानै मार्ने उद्देश्यले जनाएको छ । हत्या गर्ने योजनासहित भएको आक्रमणको घटनामा संलग्नहरुलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको राष्ट्रिय युवा संघ नेपाल झापाले घोर निन्दा तथा भत्सर्ना गरेको छ । आक्रमणबाट राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य एवंम् झापा इन्चार्ज खगेन्द्रराज आङ्दाड्वे, संघका नेता विश्वदिप राजवंशी र विर्तामोड–४ निवासी अजय खवास गम्भीर घाइते भएका छन् ।

गए राति विर्तामोड निवासी खगेन्द्र खालिङ्ग राई लगायतको समूहले व्यक्तिगत रिसिवी साँधेर ज्यानै मार्ने उदेश्यले खुकुरी, तरवार प्रहार गरी आक्रमण गरेको युवा संघले जनाएको छ । घाइते युवाहरुको उपाचार बिर्तामोडस्थित विएण्डसीमा भइरहेको छ ।

विज्ञप्तिमा भनिएको छ, – घटनामा संलग्न अभियुक्तहरु मध्ये खगेन्द्र खालिङ्ग राईलाई प्रहरीले पकाऊ गरेको जानकारी प्राप्त भएको छ भने दुगां खालिङ्ग राई लगायत अन्य अपरिचित ३-४ जना फरार रहेका छन् । फरार रहेकाहरुको चाँडो भन्दा चाँडो खोजी गरी कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दछौं । साथै, घाइते युवा नेताहरुको औषधी उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौं ।

यस किसिमका घटनाले समाजमा अराजकता, अशान्ती र सामाजिक सद्भाव माथी खलल् पुर्याउने भएकोले यस्ता प्रकारका अपराधिक गिरोहहरुलाई प्रशासनले ठेगान नलगाए राष्ट्रिय युवा संघ नेपाल प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी दिन चाहान्छौ, अध्यक्ष फुर्वा लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार