मुख्य समाचार
अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित | झापामा सर्पले डसेर बृद्दाकाे मृत्यु | झापामा पानीमा डुबेर पाँचजनाको मृत्यु | मागुरमाडीमा ‘मेकाडामिया नट्स’ खेति | मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते |

अनलाइनमार्फत जीवनसाथी खोज्न ‘लमी’

देश प्रदेश डेस्क 5225+ समाचार ( )
१९ श्रावण २०८१, शनिबार

झापा पछिल्लो समय ‘स्टार्टअप’ व्यवसायमा युवा पुस्ताको आकर्षण बढ्दो छ । सिर्जनशील सोच भएका यहाँका केही युवाहरुले अनलाइनमार्फत जीवनसाथी खोज्न सघाउने ध्येयले ‘लमी म्याट्रिमोनी सर्भिसेस’ कम्पनी खोलेका छन् । कम्पनीका सामाजिक सञ्जाल व्यवस्थापक निशान सापकोटाले फेसबुक, इन्स्ट्राग्रामबाट उक्त सेवा सुरु गरिएको जानकारी दिए ।

“छिट्टै कम्पनीको एप र वेभसाइट सञ्चालनमा ल्याउँने उनले जनाए  । अनलाइनमार्फत प्रेम जोडी र जीवनसाथी खोज्न सघाउने उद्देश्ययले यो व्यवसाय सुरु गरेकाे जनाए । फेसबुकमा रहेको ‘लमी–म्यारी फर रिजन’ र इन्स्ट्रागाममा ‘लमी–नेपाल’ पेजमार्फत उक्त व्यवसाय प्रबद्धर्न गर्ने  काम भइरहेको बताए ।

“इच्छुक युवा वा युवतीले हाम्रो पेजमा सन्देश पठाउँदासाथ उहाँकोमा फारामसहितको गुगल लिङ्क पुग्छ”, सापकोटाले भने फाराममा व्यक्तिगत विवरण भरेर पठाएपछि दुई पक्षबीचमा समन्वयको काम हामीले गर्छौँ ।उनले पूर्ण रुपमा व्यक्तिगत गोपनियता कायम गरिने बताए ।

सम्बन्धित व्यक्तिले इच्छाएको खण्डमा मात्र व्यक्तिगत विवरण अनलाइन माध्यममा सार्वजनिक गर्ने गरिएको उनी बताउँछन् । तत्काल केही समयलाई निःशुल्क सेवा दिइरहेको कम्पनीले पछि उक्त सेवाबापत न्यूनतम शुल्क कायम गरिने जनाएको छ ।

हालसम्म ५० जना भन्दाबढी सम्पर्कमा आई व्यक्तिगत विवरण पठाएको सापकोटाले जानकारी दिए । व्यक्तिगत विवरण सार्वजनिक गर्न नचाहने व्यक्तिलाई गोप्य माध्यमबाट सम्पर्क र समन्वय गराइदिने काम कम्पनीका प्रतिनिधिले गर्ने गरेका छन् । व्यक्तिगत इमेल ठेगाना र टेलिफोन अनिवार्य चाहिने भएकाले अनावश्यक व्यक्तिले विवरण पठाउने सम्भावना नरहने सापकोटाले बताए ।

योसँगै काठमाडौँमा विवाहका लागि फोटो, भिडियो र इभेन्ट म्यानेजमेन्ट सेवा सुरु गर्ने तयारी भइरहेको उनले बताए । कम्पनीमा बागलुङका सापकोटासहित छ जना युवा आबद्ध छन् । जीवनसाथी खोज्न सघाउने ‘बिहे नेपाल’लगायतका एप सञ्चालनमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार