मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

बुलेट किराती रिहा भएपछि मेची राजमार्ग बन्द फिर्ता

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

झापा कार्यकर्ता रिहाइको माग राख्दै मेची राजमार्गमा आवहन गरिएको यातायात बन्द फिर्ता भएसंगै छोटो दुरीका सवारी सञ्चालनमा आएको छ ।

कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको यातायात बन्द फिर्ता लिएपछि यातायात सुचारु भएको हो । दुइ दिन देखिको बन्दका कारण मेची राजमार्गमा यातायात प्रभावित भएको थियोे । पक्राउ परेका कार्यकर्ता रिहाइ हुने निश्चित भएसँगै सङ्घर्ष समितिले आज अपराह्नदेखि मेची राजमार्गमा गरेको यातायात बन्द फिर्ता लिएको हो। 

प्रहरीले पक्राउ गरेका कार्यकर्ता बुलेट किराँती (आन्जेस राई) को बिनासर्त रिहाइ गर्नुपर्ने माग राखेर सङ्घर्ष समितिले हिजो र आज दुई दिन मेची राजमार्ग बन्दको आह्वान गरेको थियो। आज दिउसोँनै राई रिहा पनि भइसकेका छन् । समितिले आह्वान गरेको बन्दका कारण ताप्लेजुङसहित पाँचथर, इलाम र झापा जिल्लाअन्तर्गत मेची राजमार्गमा बुधबारदेखि यातायात ठप्प भएको थियो। यातायात ठप्प हुँदा यात्रुले यात्रा गर्न पाएका थिएनन्। आज अपराह्नपछि बन्द फिर्ता भएसँगै मेची राजमार्गमा छोटो दूरीका सवारी साधन सञ्चालन भएको छ ।

 मेची राजमार्गमा ताप्लेजुङदेखि भने भोली बिहानदेखि मात्र सवारी साधन चल्ने फुङ्लिङस्थित पाथीभरा यातायात प्रालिका काउन्टर इन्चार्ज शरण लिम्बूले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै