मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ भद्रपुर नगरपालिका उत्कृष्ट

देश प्रदेश डेस्क 5490+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

झापा  ।  भद्रपुर नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ उत्कृष्ट पालिका घोषित भएको छ ।

उत्कृष्ट पालिकामा छनौट भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भद्रपुर नगरपालिकालाई सम्मानपत्र प्रदान गरेको छ । मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री शरदसिंह भण्डारीले नगरपालिकालाई सम्मान पत्र तथा भद्रपुरका रोजगार संयोजक टिकाराम पाण्डेलाई कदर पत्र प्रदान गरेको छ ।

सचिव मुकुन्दप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रमका राष्ट्रिय निर्देशक सहसचिव डण्डुराज घिमिरे, उपसचिव वसन्त बोहोरा, शाखा अधिकृत पंकजलाभ कर्णसहित १३७ स्थानीय तहका रोजगार संयोजकहरूको उपस्थिति रहेको थियो । सो सम्मान पत्र नगरपालिमा शनिबार बसेको कार्यपालिका बैठकमा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, निमित्त प्रमुख प्रशासकीय प्रमुख शान्तिराम भट्टराई, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको उपस्थितिमा रोजगार संयोजक पाण्डेबाट नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

मन्त्रालयले भद्रपुर नगरपालिका र रोजगार संयोजक पाण्डेलाई रोजगार संयोजकको पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्याङ्कन २५ प्रतिशत, कार्यक्रमको सम्बन्धित पालिकाको वित्तीय प्रगति विवरण २५ प्रतिशत, औसत रोजगारीको दिन सङ्ख्या २५ प्रतिशत र स्थानीय तहबाट गरिएको लागत साझेदारी २५ प्रतिशत गरी जम्मा चार वटा सूचकहरूका आधारमा छनोट गरेको थियो । २०७५ साल फाल्गुणबाट सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगार सेवा केन्द्रहरूले आन्तरिक रोजगारी सृजना तथा व्यवस्थापनमा भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै