मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

भारतीय सयपत्री फूलको माला आयातमा रोक

देश प्रदेश डेस्क 5496+ समाचार ( )
१५ कार्तिक २०८०, बुधवार

झापा । सरकारले भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको छ । तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले यसवर्ष भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको हो ।बागमती प्रदेश सरकारअन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले आज (बुधबार) एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

पुष्प विकास केन्द्र गोदावरीले कात्तिक १ गतेदेखि नै लागू हुने गरी सयपत्री मालाको आयातमा रोक लगाएको हो ।‘‘यस वर्षको तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने देखिएको हुँदा यही कात्तिक १ गतेदेखि अर्को निणर्य नभएसम्मका लागि भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको छ ।’’ पुष्प विकास केन्द्र गोदावरीद्वारा जारी सूचनामा उल्लेख छ ।यसैगरी, इजाजतपत्र बेगर भारतीय सयपत्री माला आयात गरिएको भेटिएमा कानुन बमोजिम कारबाही हुने केन्द्रले जनाएको छ ।‘‘इजाजतपत्र बेगर आयात गरिएको बस्तु अवैध हुने तथा यस वर्ष सरकारी तथा नीजि संस्थाहरुको संयन्त्रबाट अनुगमन कडा गरिने भएको र अवैध सामग्री भेटिएमा कानुन बमोजिम जफत तथा दण्ड सजाय हुन सक्ने छ ।’’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार