मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

दाइजो आएको मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु , दुई घाइते

देश प्रदेश डेस्क 5449+ समाचार ( )
६ आषाढ २०८२, शुक्रबार

झापा / झापाकाे झापा गाउँपालिकामा दाइजो आएको अनटेस्ट मोटरसाइकलमा तीनजना चढेर तीब्र गतिमा चलाउँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

झापा गाउँपालिका वडा न.४ चौधरी टोलस्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको हो । आज बिहान ११;३५ बजे झापा गाउँपालिका वडा न.४ चौधरी टोलस्थित हुलाकी सडकखण्डमा पन्थापाडाबाट झापा बजारतर्फ जाँदै गरेको अनटेस्ट अपाची मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय ईनरुल भन्ने फकिर अली , पछाडि सवार २२ वर्षीय साहिदुल हक र २१ वर्षीय सोहिल मिया घाइते भएका थिए ।

घाइतेमध्ये साहिदुल हकलाई उपचारको लागि बीएण्डसी अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य दुई जना घाइतेहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो मोटरसाइकल हिजो मात्र  दाइजोको रुपमा आएको थियो । बेहुलाका साथीहरुले सो मोटरसाइकल चलाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार