मुख्य समाचार
| भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै | डा. गोविन्द केसीको २४औँ सत्याग्रह: बालुवाको पुल बन्दै सरकारी सहमति र उनको निरन्तर त्याग | काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीको बीआईटी परिचालन | गौरीगञ्ज–१ का वडा सचिव साह १० हजार घुससहित पक्राउ |

भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड

भेषराज नेपाल 92+ समाचार ( )
२९ जेठ २०८३, शुक्रबार

झापा / झापाको भद्रपुरस्थित ओम साई पाथिभरा हस्पिटलले स्थानीय तथा आसपासका नागरिकलाई लक्षित गर्दै निरन्तर रूपमा सर्वसुलभ, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकमार्फत उपचार, आधुनिक प्रयोगशाला तथा रेडियोलोजी सेवा सञ्चालन गर्दै बिरामीको विश्वास जित्न सफल भएको जनाएको छ।

अस्पतालका अनुसार यहाँ स्त्री तथा प्रसूति रोग, बालरोग, हाडजोर्नी, कान–नाक–घाँटी, आँखा, मानसिक स्वास्थ्य, न्युरोलोजी, जनरल मेडिसिन, शल्यक्रिया लगायतका विभिन्न विशेषज्ञ सेवाहरू उपलब्ध छन्। साथै अत्याधुनिक उपकरण र अनुभवी चिकित्सक टोलीमार्फत उपचार सेवा प्रदान गरिँदै आएको छ।

भद्रपुर तथा आसपासका क्षेत्रका नागरिकलाई लक्षित गर्दै अस्पतालले समय–समयमा निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य परीक्षण कार्यक्रम तथा सामाजिक उत्तरदायित्वका गतिविधिहरू समेत सञ्चालन गर्दै आएको छ। अपाङ्गता भएका व्यक्तिहरूलाई उपचारमा सहुलियत प्रदान गर्ने कार्यक्रमसमेत सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै अस्पतालले नवजात शिशु उपचार, नर्सरी सेवा तथा विभिन्न विशेषज्ञ चिकित्सकको सेवा थप गरेको छ। यसबाट झापा मात्र नभई इलाम, मोरङ तथा सीमावर्ती भारतीय क्षेत्रका बिरामीहरू समेत लाभान्वित भइरहेका छन्।

हस्पिटलका निर्देशक बालकुमार पोखरेल (साईराम) का अनुसार अस्पतालले आम नागरिकलाई सहज, छिटो र सस्तो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तार गर्दै आएको हो। उनले स्वास्थ्य सेवा सबै नागरिकको आधारभूत अधिकार भएकाले त्यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न अस्पताल निरन्तर प्रतिबद्ध रहेको बताए।

उनले हाल नेपाल सरकारले निजी स्वास्थ्य संस्थाहरूमा लागू गरेको स्वास्थ्य बीमा भुक्तानीमा गरिएको कटौतीका कारण केही चुनौती देखिए पनि अस्पतालले त्यसको असर बिरामीमा नपरोस् भन्ने उद्देश्यले बीमा सरह अत्यन्तै कम शुल्कमै उपचार सेवा निरन्तर दिइरहेको बताए।

“सरकारको नीतिगत परिवर्तनका बाबजुद पनि हामीले बिरामीलाई थप आर्थिक भार नपरोस् भनेर बीमा सरहकै न्यून शुल्कमा सेवा दिइरहेका छौं,” निर्देशक पोखरेल (साईराम) ले बताए।

अस्पतालमा २४ घण्टा आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकद्वारा उपचार, आधुनिक प्रयोगशाला तथा विभिन्न रोगहरूको उपचार सेवा उपलब्ध रहेको छ। साथै, बिरामीलाई सहज पहुँच र छिटो सेवा प्रदान गर्ने प्रणालीलाई प्राथमिकतामा राखिएको छ।

निर्देशक पोखरेलले अस्पतालले समय–समयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई समेत सेवा पुर्‍याउँदै आएको जानकारी दिए। आगामी दिनमा अझ आधुनिक उपकरण र विशेषज्ञ सेवा विस्तार गर्दै झापा क्षेत्रकै प्रमुख स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको पनि उनले उल्लेख गरे।

स्थानीयवासीले पनि ओम साई पाथिभरा हस्पिटलले भद्रपुर क्षेत्रमा सर्वसुलभ उपचार सेवा उपलब्ध गराउँदै जनविश्वास जित्न सफल भएको बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार