मुख्य समाचार
बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? |

वाइवाइसहित चार ब्रान्डमा चाउचाउ गुणस्तरहीन

देश प्रदेश डेस्क 5437+ समाचार ( )
४ श्रावण २०८३, सोमबार

झापा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निरीक्षणका क्रममा वाइवाइसहित चार ब्रान्डका चाउचाउ गुणस्तरहीन भेटिएकाे पाइएकाे छ ।  गुणस्तरहीन भेटिनेमा गोलमोल, वाइवाइ, प्रिमियम पिरो र मामा चाउचाउ रहेका छन् । सिजी फुड्स इन्टरप्राइजेज प्रालि, बाँसगढी–३ बर्दियाद्वारा उत्पादित ती चाउचाउको नमुना प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर भेटिएको विभागले जनाएको छ ।

वाइवाइ नेपालमा मात्र नभई भारत, युरोप, अमेरिका लगायतका देशमा समेत बिक्री हुँदै आएकोे छ ।विभागले गोलमोलको ब्याच नम्बर (बि–बिएम२ डि), वाइवाइको ब्याच नम्बर (बि–बिएम१–एक्स), प्रिमियम पिरोको ब्याच नम्बर (बि–बिएम२–सि) र मामा चाउचाउको ब्याच नम्बर (बि–बिएम १–एक्स) का सबै खाद्य वस्तु बजारबाट फिर्ता गर्न पनि निर्देशन दिएको छ ।सो ब्याचका चाउचाउ खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६ (क) विपरीत न्यूनस्तर रहेको विभागले जारी गरेको आदेशमा उल्लेख छ ।त्यस्तै, विभागले अखाद्य प्रमाणित भएका चाउचाउ ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को दफा ३८ को उपदफा (४) अनुसार बिक्री वितरणमा रोक लगाउन पनि आदेश दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै