मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ

देश प्रदेश डेस्क 5490+ समाचार ( )
२७ श्रावण २०८३, बुधवार

                                                                साङ्केतिक तस्विर

झापा । महिलालाई जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं.१६ बस्ने ४७ वर्षीय प्रवेक डंगोल रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।प्रहरीले दिएकाे विवरण अनुसार  पाँच महिनाअघि मेचीनगर नगरपालिका वडा नं. १३ चारआलीस्थित ओझा होटलमा एक महिलालाइ जबरस्ति करणी गरेकाे आराेप लागेकाे थियाे ।

खाेजतलासका क्रममा मङ्लबार दिउँसो ३ बजे भारतबाट नेपालतर्फ आउँदै गर्दा काँकडभिट्टा बसपार्कमा उनलाई पक्राउ गरिएको हो । डंगोल भारतबाट नेपालतर्फ आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय काँकडभिट्टासँग समन्वय गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत फागुन २५ गते राति मेचीनगर नगरपालिका वडा नं. १३ चारआलीस्थित ओझा होटलमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी उनी फरार भएका थिए ।टिकटकमार्फत चिनजान भएपछि डंगोलले ललितपुरबाट झापा आएर ती महिलालाई जबरजस्ती करणी गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै