मुख्य समाचार
भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै |

गृहमन्त्री सुधन गुरुङ झापामा व्यस्त

देश प्रदेश डेस्क 5407+ समाचार ( )
२२ आषाढ २०८३, सोमबार

झापा   विभिन्न जिल्लाको अनुगमन गर्ने क्रममा गएराति झापा आइपुगेका गृहमन्त्री सुधन गुरुङ झापाका विभन्न क्षेत्रमा निरीक्षाण तथा सर्वसाधारणका गुनासा सुनिरहेका छन् ।

आज बिहान  ९ः१० बजे गृहमन्त्री गुरुङ बसेको अर्जुनधारा ११ स्थित सालबारी हेरिटेज भिल्लामा भेट गर्न झापाका सुरक्षा अधिकारीहरु पुगेका थिए । गृहमन्त्री गुरुङसँग झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल २ नं. गण हे.क्वा. का सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, राष्ट्रिय अनुसन्धान बिभाग झापाका प्रमुख उप अनुसन्धान निर्देशक उमेश पाण्डे भेटघाटका लागि गएका थिए ।

त्यसपछि १०ः१५ बजे सालबारी हेरिटेज भिल्लाबाट गृहमन्त्री गुरुङ बीएसी २६२० नं. को गाडीमा मेचीनगर ४, बाहुनडाँगीस्थित हात्ती प्रभावित इलाकाको अनुगमनका लागि निस्किएका थिए । १०ः५५ बजे उनी बुद्धशान्ति –६ सन्तपुरस्थित जेन जी आन्दोलनका घाइते अनिकेत चौलागाईंसंग भेटघाटका लागि गएका थिए ।
बिहान ११ः०७ बजे जेनजी आन्दोलनका घाइते चौलागाईंसंग भेटघाट गरिसकेपछि ११ः४५ बजे मेचीनगर ६ स्थित काँकडभिट्टा नाकाको अनुगमन गर्न गएका थिए ।

साथै, उनले काँकडभिट्टा नाकास्थित यात्रु जाँच कक्षको अनुगमन गरेका थिए । त्यसपछि मेची भन्सार कार्यालयको अनुगमन गरेका थिए । साथै जाेर सिमलमा रहेकाे सशस्त्र प्रहरीकाे जेकजाँचका प्रहरीलाइ फिर्ता बाेलाउन  सुरक्षा निकायलाइ निर्देशन दिएका थिए ।

उनले काँकडभिट्टा नाका र मेची भन्सार कार्यालयको निरीक्षण तथा अनुगमन गर्दै सर्वसाधारणको गुनासो सुनेका थिए । भन्सारमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई नाकाको सहज ब्यवस्थापनमा ध्यान दिन र सुरक्षा ब्यवस्था चुस्त बनाउन आवश्यक निर्देशन दिएका थिए । गृहमन्त्री गुरुङले सीमामा चोरी तस्करी शुन्यमा झार्न कडा निर्देशन दिएको एक सुरक्षा अधिकारीले बताए ।

केहीबेर अघि उनी नकलबन्दा हुँदै हात्ती प्रभावित क्षेत्र बाहुण्डाँगीतर्फ गएको जनाइएको छ । त्यसपछि अहिले साँझ साढे ६ बजे झापा कारागार पुगेका छन् । गृहमन्त्री गुरुङ आज राति पनि झापामै रहने बुझिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार