मुख्य समाचार
बिर्तामोडको पशुपति भेनियर उद्योगका कामदार मृत फेला | डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा | आज अन्तराष्ट्रिय युवा दिवस | जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ | बेवारिसे अवस्थामा भेटिएका वृद्ध र महिलालाई मानव सेवा आश्रमको सहारा | लालबन्दीका ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर आम्दानी | स्रोत पुष्टि नभएको साढे ५२ लाख रुपैयाँसहित चार जनामाथि कारबाही | राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता |

निर्मला पन्तको हत्या घटनाको प्रत्यक्षदर्शी व्यक्तिसँग, सिआइबीले गर्‍यो सोधपुछ

देश प्रदेश डेस्क 5373+ समाचार ( )
२८ कार्तिक २०८१, बुधवार

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी दाबी गरेका पुरूषलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोधपुछ गरेको छ।

गोरखा घर भई काठमाडौं बस्दै आएका नवराज अर्याललाई सिआइबीले मंगलबार सोधपुछ गरेको ब्युरोका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

सिआइबीले उनीसँग ३/४ घण्टा सोधपुछ गरेपछि कागज गराएर छाडेको थियो। उनलाई बुधबार पनि उपस्थित हुने सर्तमा सिआइबीले छाडेको थियो।

तर बुधबार उनी सम्पर्कबिहीन भएका छन्। उनले मोबाइल घरमै छाडेर हिँडेको एसपी बोगटीले बताए।

‘उहाँको भनाइसँग वास्तविकता मिलेको छैन। हिजो दिनभरमा ३/४ घण्टा सोधपुछ गरेर छाडेका थियौं,’ एसपी बोगटीले भने, ‘घटनाबारे बोलिएका कुराहरू काल्पनिक देखिन्छन्। तथ्यगत कुराहरू केही छैन।’

अर्यालको भनाइ सान्दर्भिक नदेखिएको पनि प्रहरीको भनाइ छ। अर्यालको सवारी चालक अनुमति पत्रबारे प्रश्न उठेपछि ७७ सालमा बर्खास्त गरेको पनि खुलेको छ। 

२०५८ सालमा खानेपानी विभागबाट सवारी चालकको रूपमा काम सुरू गरेको र पछि मन्त्रालयमा काजमा पुगेको प्राइमटाइम टेलिभिजन अन्तर्वार्तामा बताएका छन्। उनले त्यसयता १६ जना मन्त्रीको गाडी चलाएको दाबी गरेका छन्। कामकै शिलशिलामा कैलाली पुग्दा उनले घटना देखेको दाबी गरेका हुन्। 

निर्मला पन्तको बलात्कारपछि हत्याको प्रत्यक्षदर्शी समेत रहेको दाबी गर्दै  उनले आफैमाथि अनुसन्धान गर्न पनि माग गरेका छन्।

यो अन्तर्वार्ता बाहिरिएपछि संवेदनशील विषयमा कसैले दाबी गरेकै आधारमा समाचारहरू प्रकाशन प्रसारण नगर्न पनि सिआइबीले अनुरोध गरेको छ।

‘संवेदनशील कुराहरू प्रसारण हुँदा आममानिसमा गलत सन्देश जान्छ। नकारात्मक कुराहरूमा पनि विश्वास गर्न थाल्ने हुन्छ,’ एसपी बोगटीले भने, ‘देखेको भए, प्रमाण भएको भए उनले त्यही बेला पनि भन्न सक्थे। तर अहिलेसम्म तथ्यगत कुरा देखिन्‍न।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार