मुख्य समाचार
बिर्तामोडको पशुपति भेनियर उद्योगका कामदार मृत फेला | डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा | आज अन्तराष्ट्रिय युवा दिवस | जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ | बेवारिसे अवस्थामा भेटिएका वृद्ध र महिलालाई मानव सेवा आश्रमको सहारा | लालबन्दीका ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर आम्दानी | स्रोत पुष्टि नभएको साढे ५२ लाख रुपैयाँसहित चार जनामाथि कारबाही | राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता |

दशगजामा भारतीयले राति बाटो खनेपछि स्थानीयबासीले राेके

देश प्रदेश डेस्क 5373+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

झापा झापाको घेराबारीमा दशगजामा भारतीयले बाटो खनेपछि स्थानीयबासीले अबराेध गर्दै बाटाे पुरीदिएका छन्  । 
नेपाल–भारत सीमाको  झापाको कचनकवल गाउँपालिका–१ घेराबारी स्थित दशगजामा शनिबार रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गर्दै बाटाे पुरेका हुन् ।

 कचनकवल–१ का वडाध्यक्ष रञ्जीत(महाबिर) लिम्बूले  दिएकाे जानकारी अनुसार  दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि रोकेकाे बताए । मान्छे नभएको दशगजामा भारतीयले बाटो खनेपछि स्थानीयबासीद्वारा अवरोध पछि केही भाग पुरेकाे बताए । पुर्नेक्रममा भारतीय प्रहरी आएपछि अब याे काम नगर्ने हामीलाइ जानकारी भएन भन्ने जवाफ दिएकाे उनले देश प्रदेश खबरलाइ बताए । 
मान्छे नभएकाे समयमा राति राति बाटो खन्ने गरिएको र यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको उनकाे भनाइ छ । याे षडयन्त्र भएकाे उनले बताए ।

हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकेको उनकाे भनाइ छ ।  कचनकवल–१ को वडा कार्यालयदेखि करिब चार सय मिटरको दूरीमा रहेको दशगजामा बाटाे खनिएको उनले बताए ।

यसअघि पनि सो क्षेत्रमा बाटो बनाउँदा विवाद भएको र विवादपछि बाटो निर्माण कार्य बन्द गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाले जनाएको छ । सोही बाटो भारतीय पक्षले मर्मत गर्न खोजेपछि नेपाली पक्षबाट अवरोध भएको सशस्त्रका डिएसपी सुमन पोखरेलले बताए । विवाद समाधानका लागि भारतीय प्रहरीलाइ जानकारी गराइसकिएकोले दुवै देशका सुरक्षा निकायबिच छलफल गरेर समाधान गरिने उनले जानकारी दिए ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक बाटो बनाउने कार्य भइरहेकाले विवाद भएको बताए ।  हाल काम बन्द भएको उनकाे भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार