मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |
मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |


बिर्तामोडको तीन बिघा जग्गा हत्याउन प्रदेशसभा सदस्य राजवंशीको संलग्नता

देश प्रदेश डेस्क 5192+ समाचार ( )
१० माघ २०८०, बुधवार

कोशी प्रदेशमा निर्वाचित सांसद भूमिप्रसाद राजवंशी फरार अभियुक्तको नाममा रहेको २७ करोड मूल्य पर्ने जग्गा हत्याउन संलग्न रहेको खुलासा भएको छ ।

झापा ३ बाट प्रदेशसभा सदस्य निर्वाचित राजवंशीले अदालत, प्रहरी र स्वयम पीडितलाई नै झुक्याएर मुद्दा मिलाइदिने बहानामा अभियुक्तको हक लाग्ने ३ बिघा ७ कठ्ठा क्षेत्रफलको बिर्तामोडको जग्गा नामसारी गराइदिएका हुन् ।

भूमाफियाले लामो समयदेखि आँखा लगाएको झापाको बिर्तामोड ५ जात्रुबाडीकी हिमादेवी चौधरी र चिन्ता सिन्हाको संयुक्त हक लाग्ने जमिन सांसद राजवंशीले भूमाफियाको पञ्जामा पुर्याइदिएका हुन् । कीर्ते गरी नामसारी भएको दोस्रो दिन नै उक्त जग्गा ११ जनालाई बिक्री भएको पाइएको छ ।

२०७४ फागुन ९ गते भारतको पश्चिम बंगालस्थित चैनागिरीमा सुरेन्द्रलाल राजवंशीको शंकास्पद हत्या हुन्छ । राजवंशीको मृत्युपछि उनको २ श्रीमती जेठी हिमादेवी चौधरी र कान्छी चिन्ता सिन्हाबीच राजवंशीको सम्पत्ति सम्बन्धी विवाद सुरु हुन्छ ।

२०७५ साउन १० गते मृतककी जेठी श्रीमती चौधरीले कान्छी श्रीमती चिन्ता सिन्हासहित इलाका प्रहरी कार्यलय अनारमनीका तत्कालीन डिएसपी कृष्ण कोइराला, असई अम्बिका पोखरेल, टेकबहादुर लिम्बू र धैरज राजवंशीलगायत विरुद्ध मानिस अपहरण तथा शरीर बन्धक र हत्या आरोपमा जाहेरी दिन्छिन् । हत्याबारे जिल्ला प्रहरी कार्यालयको अनुसन्धानमा जाहेरी परेकाहरु अदालतबाट दोषी पनि ठहर हुन्छन् ।

तर, आरोपितमध्ये कान्छी श्रीमती चिन्ता सिन्हा पक्राउ नपरेको भन्दै २०७८ पुस २७ गते अदालतले मुद्दा मुल्तबीमा राख्छ । सिन्हा फौजदारी कसुरका फरार अभियुक्त साबित हुन्छिन् ।

पतिको हत्यापछि पतिका नाममा रहेको जमिन आफ्नो नाममा एकलौटी पार्न जेठी श्रीमती हिमादेवीले विभिन्न निकाय गुहार्दै आएकी थिइन् । उनले मालपोत कार्यालय झापामा एकलौटी बनाउन निवेदन पनि दिइन् ।

तर, मालपोत कार्यालयले २०७६ मंसिर ८ गते मृतककी कान्छी श्रीमती सिन्हा रहेको भन्दै अदालतबाट हकदार कायम गरी ल्याउन भनेको कागजातमा उल्लेख छ । जेठी श्रीमती हिमादेवीले अपुताली रोलक्रमबाट सिन्हालाई हटाई पाउँ भन्दै जिल्ला अदालत झापामा मुद्दा दायर गरिन् । २०७८ साल पुस २७ गते झपा जिल्ला अदालतले चौधरीको दाबीसँग सहमत हुन नसकिने फैसला गर्यो ।

अर्थात हत्या, शरीर बन्धक र अपहरण मुद्दामा अदालतमा आरोपितको रुपमा रहेकी कान्छी श्रीमतीको पनि सम्पत्तिमा हक लाग्ने भन्दै अदालतले उनको अनुमतिबिना हिमादेवीको माग अनुसार फैसला नहुने आदेश दियो ।
सुरेन्द्रलाल राजवंशीको हत्या नै सोही जग्गा किनबेचसँग सम्बन्धित रहेको प्रहरी अनुसन्धानमा देखिएको थियो । तर, गिरोहको जग्गा हत्याउने प्रयास भने अदालत पुग्दा पनि अझै सम्भव भएको थिएन । 

अनि जग्गा हत्याउन लागे प्रदेश सांसद 

सुरेन्द्रलाल राजवंशीको हत्या, त्यसपछिको मालपोत र अड्डा–अदालतको चक्र सकिँदा पनि जग्गा माफियाले भने जसरी स्वार्थ पुरा भने भएको थिएन । त्यसपछि प्रदेश सांसद भूमिप्रसाद राजवंशी यो प्रकरणमा प्रवेश गरे । सांसद राजवंशीले जग्गा हत्याउन अदालतको फरार सूचीमा रहेकी चिन्ता सिन्हालाई फकाउन भारत नै पुगे ।

झापा जिल्ला अदालतबाट फरार सूचीमा रहेकी उनको मुद्दा मिलाइदिने भन्दै सांसदले कुराकानी अघि बढाए । सिन्हाका दाजु सुप्रभवत सिन्हाकाअनुसार कोशी प्रदेशका सांसद राजवंशीले आफ्नो परिवारको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै डर देखाएर मुद्दा मिलाइदिने भन्दै धम्क्याउन थाले ।

प्रदेश सांसद भूमिप्रसाद राजवंशी

‘हाम्रो पारिवारिक आर्थिक अवस्था कमजोर थियो,’ सुप्रभवतले भने, ‘यही कमजोरीमा खेलेर उनले पटकपटक मुद्दा मिलाउने भन्दै घरमै आएर प्रलोभन देखाउने देखि डर त्रास समेत देखाए ।’
दाजु सुप्रवात सिन्हाका अनुसार राजवंशीले घटनापछि सहनाभूति दिन भन्दै घरमा पुगेका थिए । सिन्हाका अनुसार अदालतमा आफूले सबै सेटिङ मिलाएकाले चिन्ता अदालतमा उपस्थित भए धरौटीमा छुटाउने भन्दै नेपाल बोलाएका थिए । अदालतमा उपस्थित हुने भन्दै नेपाल आएका चिन्ता सिन्हा र उनका दाजुलाई सांसद राजवंशीले मालपोत पुर्याए र औँठाछाप लगाए । सुप्रवातका अनुसार मालपोतको काम सकिएपछि मात्रै उनीहरुले जग्गा बिक्री नामसारी भएको पत्तो पाएका थिए ।

 

फरार भनिएकी चिन्ता सिन्हा र उनका दाइ सुप्रवात सिन्हा

सांसद राजवंशी र फरार रहेकी सिन्हाका दाजु सुप्रभत सिन्हाको गोप्य म्यासेज प्राप्त भएको छ । ह्वाट्सएपमा भएको संवादमा राजवंशीले काम गर्ने हो कि होइन भनेर कुराकानी सुरु गरेका छन् । अधिकांश समय अडियो संवाद गरेका सांसद राजवंशीले २० हजार र ३० हजार भारुका दरले पैसा पठाएको स्क्रिनसट तथा भौचार पठाइरहेको देखिन्छ ।

म्यासेजमा सांसद राजवंशले कहिले आफू विराटनगरमा संसदमा छु भनेका छन् भने कहिले काठमाडौँ छु भन्दै म्यासेज गरेका छन् । साथै, उनले जग्गा नामसारी नगरे सबै परिवारलाई मुद्दा चल्ने, नेपाल प्रहरीले भारतमै आएर भए पनि पक्राउ गर्ने भन्दै बारम्बार धम्कीपूर्ण म्यासेज गरेको देखिन्छ ।


मालपोत प्रशासन हातमा लिएर काम

रोचक कुरा त के छ भने सबै जग्गा हिमादेवीको नाममा एकलौटी भएको दोस्रो दिननै १७ जनालाई बिक्री भएको छ । २०७९ पुस १२ गते हिमादेवी र सिन्हा जग्गाधनी भएको संयुक्त जग्गाको नामसारीका लागि बिर्तामोड–८ को वडा कार्यलयले जग्गा नामसारी सिफारिस बनाइदिएको देखिन्छ ।

सोही सिफारिससहित भूमिसुधार तथा मालपोल कार्यालयमा फरार अभियुक्त सिन्हा स्वयम उपस्थित भएर २०७९ पुस १३ गते हक छाडेको र १४ गते जग्गा नामसारी गरेको देखिएको छ । बिर्तामोड वडा नम्बर ८ को कार्यालय र मालपोत कार्यालय झापाले अदालत र आफ्नै आदेशविरुद्ध जग्गा नामसारी गर्दै राजीनामा पास गराइदिएको छ ।

सिन्हाले सबै जमिनको हक छाडी हिमादेवी चौधरीका नाममा एकलौटी गराएको भोलिपल्टै एकैदिनमा ११ जनालाई राजिनामा पास गरेको देखिन्छ । १७ वटा फरकफरक कित्ता नम्बर भएका ३ बिघा ७ कठ्ठा जमिन बिर्तामोड र भद्रपुरका प्रतिष्ठित मारवाडी र उनका श्रीमती तथा आफन्तका नाममा जग्गा पास गराइएको छ ।

बिर्तामोडमा हाल जग्गाको चलनचल्तीको मूल्य कठ्ठाको ५० देखि ६० लाख रुपैयाँ छ । हिमादेवीले ३ बिघा ७ कठ्ठा अर्थात कुल ६७ कठ्ठा जमिन ४० लाखप्रति कठ्ठाका दरमा बेचेको एक खरिदकर्ता स्वीकार गर्छन् । तर, मालपोतमा भने ७ करोड १३ लाखको मात्रै थैली राखिएको देखिन्छ ।
स्रोतका अनुसार उक्त जग्गा करिब २७ करोडमा खरिद बिक्री भएको छ । ठुलो रकममा चलखेल गर्न सकिने भएपछि २०७४ सालदेखि नै यो जग्गामा धेरैको आँखा परेको स्थानीय बताउँछन् ।

जग्गा बिक्री गर्न तगारो बनेकी राजंवशीकी कान्छी श्रीमती सिन्हाबाट जग्गा फुत्काउन बिर्तामोड नगरपालिका वडा नम्बर ८ का अध्यक्ष अजय कार्कीदेखि तत्कालीन मालपोत कार्यालयका अधिकृत दिपेन्द्र खत्री लगायतका कर्मचारीहरुको सहयोगी बनेको प्राप्त प्रमाणहरुबाट खुल्छ । यो सबै घटनाको पछाडि कोशी प्रदेशका प्रदेश सांसद भूमिप्रसाद राजवंशीले राजनीतिक आवरण नै प्रमुख भएको जानकारहरु बताउँछन् ।

प्रहरी भन्छ ‘खोजी कार्य जारी छ’ 

३ बिघा ७ कठ्ठा जमिन हिमादेवीको एकलौटी भएपछी करोडौँमा बेच्न मिल्ने लोभमा प्रदेश सांसद राजवंशीले पनि लाखौँ खर्चेर सिन्हालाई झापामा मात्रै ल्याएका छैनन्, नेपालमा चलेका सबै मुद्दा मिलाइदिने सर्तसहित २ लाख रुपैयाँ त यातायात खर्च नै दिएको खुलेको छ । झापाकै प्रशासनमा उपस्थित भएर फरार अभियुक्तलाई झुक्यानमा पारेर गलत लिखतमार्फत जग्गा हत्याउँदा पनि प्रहरी प्रशासन भने अनविज्ञ छ ।

झापाका एसपी दुर्गाराज रेग्मीले अदालतले फरार सूचीमा रहेका व्यक्ति प्रहरीको खोजी सूचीमा रहने बताउँछन् । तर, चिन्ता सिन्हा वडा कार्यालय र मालपोत कार्यालयमा आएर जग्गा नामसारी गरेको विषयमा भने उनले जानकारी नभएको बताए ।

जग्गा हत्याउने कीर्तेमा संलग्न सांसद राजवंशीले आफ्नो संलग्नता अस्वीकार गरे । लामो प्रयासपछि राजवंशीलाई सांसदले नै फरार अभियुक्तलाई झापा मालपोत पुर्याएर जग्गा नामसारी गरी बिक्री गराउन भूमिका खेल्न मिल्छ भन्ने प्रश्न सोधेका थियौँ ? जवाफमा उनले भने, ‘मलाई केही थाहा छैन ।’ उनले आफूमाथि आरोप लगाउन खोजेको भन्दै घटनामा संलग्न प्रमाण देखाउन माग गरे ।


-सिधाकुराबाट

प्रतिक्रिया

इन्द्र ओली १४ माघ २०८०, आइतबार

अनि अब आउने चुनाव खर्च र अस्ति को खर्च उठाउनु परेन त ?

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार