मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

आत्महत्या दुरुत्साहन आरोपमा बिर्तामोडका न्यौपाने पक्राउ

देश प्रदेश डेस्क 5495+ समाचार ( )
९ आषाढ २०८१, आइतबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा । आत्महत्या दुरुत्साहन गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।प्रहरीले बिर्तामोड १ का होम न्यौपानेलाई आज पक्राउ गरेको हो । गत जेठ ३० गते हराएर भोलिपल्ट शिवसताक्षी १० स्थित जंगलभित्र झुन्डिएको अवस्थामा फेला परेकी बिर्तामोड १ की ३६ वर्षीया भगवती प्रसाईलाई मृतक परिवारले आत्महत्या दुरुत्साहनको आरोपमा उजुरी दिएपछि प्रहरीले  उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ । मृतक परिवारले प्रमाणसहित उजुरी दिएपछि त्यसको आधारमा बोलाइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

दोषीमाथि कार्वाहीको माग गर्दै मृतकका आफन्तहरु आज ठूलो संख्यामा इलाका प्रहरी कार्यालय झिलझिले गएका थिए । उनीहरुले हिजो पनि इप्रका झिलझिले घेराउ गरेका थिए । मृतक परिवारले प्रमाणको रुपमा अडियो बुझाएको छ । सो अडियोलाई प्रमाणित गराउनका लागि झापा जिल्ला अदालत पठाएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए । दोषीमाथि कार्वाहीको माग गर्दै आफूहरुले प्रहरीलाई उजुरी दिएको मृतकका जेठानी गंगा प्रसाईले बताईन् । यसअघि आफन्तहरुले हत्याको आशंका गरेका थिए ।

गत जेठ ३० गते भगवती घरबाट हराएकी थिइन् भने त्यसको भोलिपल्ट जेठ ३१ गते दिउँसो करिव ३ बजे शिवसताक्षी १० स्थित जंगलमा उनी झुन्डिएको अबस्थामा फेला परेकी थिइन् । सुनसरी प्रकाशपुर माइत घर भएकी भगवतीका श्रीमान् खड्ग प्रसाई वैदेशिक रोजगारीका लागि कतारमा रहेका थिए । उनीहरुका १७ र १२ वर्षका दुई छोराहरु रहेका छन् । आरोपित न्यौपाने र भगवती एकै ठाउँमा बस्दथे । न्यौपानेले ज्यान मार्ने धम्की दिएको अडियो प्रहरीलाई बुझाएको मृतकका आफन्तले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार