मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

नक्कली कर्मचारी खडा गरेर करोडौँ ठगी

देश प्रदेश डेस्क 5492+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

चीनको एक कम्पनीमा ह्युमन रिसोर्स म्यानेजर (मानव संसाधन प्रबन्धक) लाई नक्कली कर्मचारी खडा गरेर करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा जेल सजाय सुनाइएको छ । ती म्यानेजरले नक्कली कर्मचारीको नाममा आउने तलब आफूले राखेर कम्पनीलाई क्षति पुर्‍याएका थिए 

द पिपल्स प्रोक्युरेटोरेट अफ मिनहाङ डिस्ट्रिक्टले हालै एक श्वेत पत्र जारी गरेको थियो जसमा मिनहाङमा कम्पनी र इन्टरप्राइजका कर्मचारीहरूले गरेको अपराधको सूची सार्वजनिक गरिएको थियो । यसमध्ये एउटा घटनाले सबै जसो चिनियाँ मिडियाको ध्यान खिचेको थियो ।

यो घटना सन् २०२२ को हो । सांघाईको एक प्रविधिसम्बन्धी कम्पनीका वित्तीय विभागका कर्मचारीहरूले अनौठो तथ्य फेला परेका थिए । सिआयो सुन नाम गरेका एक कर्मचारी, जो डेढ वर्षदेखि कम्पनीमा नियमितरुपमा काम गरिरहेका थिए, बारे कोही जानकार थिइनन् । उनलाई अन्य कुनै कर्मचारीले चिन्दैन थिए । यसबारे अनुसन्धान गर्दै जाँदा मानव संसाधन विभागका एक प्रबन्धक गरेको ठुलो ठगीको पर्दाफास भएको थियो ।

याङ नाम गरेका ती प्रबन्धक कम्पनीको मानव संसाधन विभागमा सन् २०१४ मा आबद्ध भएका थिए । कम्पनीको विभिन्न विभागका कर्मचारीको व्यवस्थापन गर्ने उनको जिम्मा थियो । 

उनलाई कम्पनीको एक कमजोरी पत्ता लगाउन धेरै समय लागेन । कम्पनीमा नयाँ कर्मचारी नियुक्ति गर्ने र कर्मचारीको राजीनामा स्वीकृत गर्ने कुरा उनको अनुमतिमा मात्र हुन्थ्यो र, तलबका रूपमा कर्मचारीको खातामा जाने रकमको कसैले पनि समीक्षा गर्दैनथे ।

यो कमजोरी पत्ता लगाएपछि उनले नाम मात्रका कर्मचारीहरू कम्पनीमा भर्ना गर्न थाले । तलबका लागि उनले विभिन्न बैंक खाताहरू खोलेका थिए ।

आठ वर्षको अवधिमा याङले २२ जना नक्कली कर्मचारीलाई भर्ना गरेका थिए । उनीहरू सबैको तलब आफै संकलन गर्थे । तर, सन् २०२२ को अन्त्यमा कसैको नजर सियाओ सुनको पूर्ण हाजिरीमा पर्‍यो । जबकि कसैले सुनलाई देखेका पनि थिएनन् ।

अनुसन्धान सुरु भएपछि याङले करिब २२ लाख डलर ठगी गरेको स्वीकार गरे । उनले ठगी गरेको रकम मध्ये १ लाख ५० हजार डलर फिर्ता गरे भने उनको परिवारले पनि १ लाख ६५ हजार डलर तिरिदिए । तर, आठ वर्षमा उनले ठगी गरेको रकम भन्दा यो निकै कम थियो ।

त्यसैले उनलाई अन्ततः १० वर्ष २ महिना जेल सजाय सुनाइयो । यसको अतिरिक्त उनले १ वर्ष राजनीतिक अधिकार प्रयोग गर्न नपाउने सजाय दिइयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार