मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |

घुँडाको दुखाइ कम गर्न चाहनु हुन्छ भने खानुस् यी फलफूल

देश प्रदेश डेस्क 5229+ समाचार ( )
२३ अशोज २०८१, बुधवार

ओस्टियोआर्थराइटिस घुँडामा हुने समस्या हो । घुँडाको जोर्नी दुख्नुको धेरै कारण हुन सक्छन् । बढ्दो उमेर, खानपान, लड्दा लागेको चोटपटक आदि इत्यादि । कयौँ पटक सुन्निएर वा सङ्क्रमणले पनि घुँडा दुख्ने गर्छ । तपाईँको शरीरमा प्रोटिन वा क्याल्सियमको कमी छ भने पनि यो समस्या हुन सक्छ । सुन्तला, कागती, मौसमी फलफूल जस्ता अमिला फलफूल भिटामिन सिको राम्रो स्रोत हो । यी फलफूलको सेवनले हड्डी र जोर्नीलाई स्वस्थ राख्न मद्दत मिल्छ । 

जामुन

स्ट्रबेरी, ब्लुबेरी, रास्पबेरीजस्ता जामुनहरूमा एन्टिअक्सिडेन्ट र एन्थोसायनिन्स हुन्छ, जसले शरीर सुनिएको र जोर्नीको दुखाइ कम गर्न सक्छ ।

भुईँ कटहर

भुईँ कटहरमा ब्रोमेलेन नामक इन्जाइम हुन्छ, जसले सुन्निएको कम गर्न र जोर्नीको दुखाइ कम गर्न मद्दत गर्दछ ।

अम्बा

अम्बा भिटामिन सी को अर्को राम्रो स्रोत हो । यसले शरीरमा कोलेजन उत्पादन बढाउँछ र हड्डी बलियो बनाउन सक्छ ।

अङ्गुर

अङ्गुरमा एन्टिअक्सिडेन्ट र पोलिफेनोल हुन्छ । यसले सुन्निएको र अक्सिडेटिभ तनाव कम गर्छ । यसले जोर्नीको दुखाइ पनि कम गर्न सक्छ ।

स्याउ

स्याउमा फ्लेभोनोइड हुन्छ, जसले एन्टी–अक्सिडेन्टको रूपमा काम गर्छ र सुन्निएको कम गर्न सघाउँछ ।

मेवा

मेवामा भिटामिन सी र भिटामिन ई पाइन्छ, जुन जोर्नीको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

किवी

किवीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यसले सुन्निएको कम गर्छ र अक्सिडेटिभ तनाव घटाउन पनि मद्दत गर्दछ । यसको नियमित सेवनले घुँडाको दुखाई घटाउन मद्दत मिल्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै