झापा । सामुदायिक तथा संस्थागत विद्यालयबाट २०८० को एसईई परीक्षाको नतिजामा असफल भएका विद्यार्थीलाई मेचीनगरका ९ जना शिक्षकले अतिरिक्त कक्षा सञ्चालन सुरु गरेका छन् ।
मेचीनगर १, २, ३ र ४ वडामा सञ्चालित निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाइ पुरक परिक्षा अवधि सम्म बिहान डेढ घण्टा अतिरिक्त कक्षा निःशुल्क सञ्चालन सुरु गरेका हुन् ।
शिक्षक रोमन बिक्रम कार्कीकाे नेतृत्वमा कक्षा सुरु गरेको जनाएका छन् । कक्षा विहान ७ बजेदेखी साढे ८ बजेसम्म सञ्चालन भइरहेको शिक्षक कार्कीले बताए । सामाजिक युवा अभियन्ता समेत रहेका कार्कीले गरे सम्भव छ भन्ने मूल उद्देश्यका साथ विद्यार्थीहरुको घाउको मलमपट्टि हुने सोच राखेर विज्ञान र गणित विषयलाइ मध्यनजर राखी कक्षा सञ्चालन गरिएको उनको भनाई छ । नगर भित्र रहेका १ देखी ४ नम्बर वडाका १३ वटा विद्यालयमा सहयाेग स्वरूप कक्षा सञ्चालन गरिएको उनले बताए ।चारवटा केन्द्र वनाएर हाल अध्यापन गराउँदै आइरहेको उनको भनाई छ ।
युनाइटेड बोर्डिङ् स्कुलमा रोमन बिक्रम कार्कीले विज्ञान र गणित, विष्णु अधिकारी विज्ञान, भानु माध्यमिक विद्यालयमा विदात गिरीले अङ्ग्रेजी ,अभिश्कार नेपालले गणित अध्यापन गराइरहेका छन् । त्यसैगरी आशिष शिवा अर्थशास्त्र र लेखा,सरस्वती माध्यमिक विद्यालयमा युवराज सिग्देलले गणित,विवेक गौतमले गणित ,थेसिस रुचालले सामाजिक र मेची जनसाधारण माध्यमिक विद्यालयमा प्रविन चापागाँईले विज्ञान विषयमा अध्यापन गराइरहेको जनाएका छन् ।
कक्षा सञ्चालन गरेबापत विद्यार्थी र विद्यालयबाट शिक्षकले कुनै पनि पारिश्रमिक नलिने उनिहरुले बताएका छन् । स्वत स्फुर्त निशुल्क अतिरिक्त कक्षा सञ्चालन गरिरहेको उनीहरुले बताए ।
एसइइको ग्रेड वृद्धीका लागि साउन २३ देखि परिक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
शिक्षा शाखा मेचीनगरले दिएको तथ्याङ्क अनुसार मेचीनगरका १५ वटा वडाभित्र १७ सामुदायिक र ३८ वटा नीजि विद्यालयहरु सञ्चालित छन् । सामुदायिकबाट १ हजार ५८ जना विद्यार्थी सहभागि भएकोमा ३ सय २२ जना विद्यार्थी मात्र उत्र्तीण भएका थिए । यो ३१ दशमलव ४३ प्रतिशत हो ।
त्यसैगरी संस्थागतबाट ९ सय २६ जना सहभागि भएकोमा ७ सय २३ जना विद्यार्थी उत्तीर्ण भएका थिए । जुन प्रतिशतको हिषाबले ७७ दशमलव २४ प्रतिशत रहेको छ ।
अति सराहनीय कार्य।सबै नानिहरुले लाभ लिनु होला।
Great salute.............