मुख्य समाचार
मोरङ कारागारका कैदीबन्दीको साढे १३ लाख भत्ता गायब, गुन्डा नाइके अभिषेक गिरी पक्राउ | दुर्गा प्रसाईले झापामा ल्याए धवल शम्सेर राणालाई | कांग्रेस नेता अभिषेक गिरी पक्राउ | रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी | झापामा एकैदिन ५५ ग्राम ब्राउन सुगरसहित ४९ जना पक्राउ | भद्रपुर ५ मा दुईजना किशोरीलाई एकै ठाउँमा दुईजना युवाले गरे बलात्कार | ‘लागुऔषध दुव्र्यसनमा विद्यार्थीको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा कन्काईकी अनुष्का प्रथम | रास्वपाको केन्द्रीय सदस्यमा झापाबाट तीनजना निर्वाचित | बिर्तामोडमा ट्रिफरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु, स्थानीय आक्रोशित | झापा र इलामका बन्द चिया उद्योग आजैदेखि सञ्चालनमा आउने, आन्दोलनका कार्यक्रम स्थगित |

लम्पी स्किनबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिने कार्यविधि तत्काल टुङ्ग्याउन निर्देशन

देश प्रदेश डेस्क 5246+ समाचार ( )
१२ भाद्र २०८०, मङ्गलबार

झापा देशभर पशु चौपायामा देखिएको लम्पी स्किन रोकबाट किसानलाई परेको असरको आकलन र त्यसको क्षतिपूर्तिका लागि तत्काल कार्यविधि बनाउन राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक) ले निर्देशन दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको एनडेकको ५१ औँ बैठकले तत्काल यस्तो कार्यविधि बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

“लम्पी स्किन रोगबाट मरेका पशुचौपायाको क्षतिपूर्तिको विषय छिटो अगाडि बढाउने निर्णय भएको छ । यो रोगबाट किसानलाई पुगेको आर्थिक क्षतिको आकलन गरि क्षतिपूर्ति कसरी वितरण गर्ने भन्नेबारे तत्काल कार्यविधि बनाई पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिइएको छ”, एनडेकको निर्णयबारे जानकारी दिदै राष्ट्रिय योजना आयोगका प्रवक्ता सुमन दाहालले क्षतिपूर्तिको विधि कस्तो बनाउने भनेर कृषि मन्त्रालयलाई खाका पेश गर्न भनिएको बताए ।

विभिन्न पूर्वाधार आयोजनामा प्रभावकारी समन्वय हुन नसक्दा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्न एनडेकले निर्देशक दिएको पनि दाहालले बताए ।

यसलाई समाधान गर्नका लागि के गर्न सकिन्छ भनेर सम्बन्धित निकायमार्फत सुझाव पेश गर्न भनिएको छ । तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दाका समस्या समाधानका लागि पनि आवश्यक कदम चाल्ने निर्णय भएको उनले जानकारी दिए ।

समानीकरण अनुदान बढाउनुपर्ने र सःशर्त अनुदानको हिस्सा घटाउनुपर्ने भन्दै प्रदेश र स्थानीय तहले राख्दै आएको मागको विषय पनि एनडेकको बैठकमा छलफल भएको दाहालले जानकारी दिए ।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयबीच जनशक्ति समायोजन गर्ने तथा भौतिक पूर्वाधार र जग्गा व्यवस्थापनबारे अध्ययन गरी दुई महिनाभित्र पेश गर्न योजना आयोगको शिक्षा क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

त्यस्तै, जग्गाको खण्डीकरण रोक्नका लागि अपनाउनुपर्ने उपायबारे सुझाव दिन आयोगमा भूमि व्यवस्थापनसम्बन्धी क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्को कार्यदल गठन गरिएको छ । यो कार्यदललाई तीन महिनाभित्र प्रतिवेदन बुझाइसक्न भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार