मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म

देश प्रदेश डेस्क 5496+ समाचार ( )
६ आषाढ २०८३, शनिबार

झापा /  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा आगामी साउन २ र ३ गते सञ्चालन गर्ने भएको छ । नियमित परीक्षाको नतिजामा नन्-ग्रेडेड भएका वा अनुपस्थित रहेका योग्य विद्यार्थीहरूका लागि बोर्डले परीक्षाको कार्यतालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार परीक्षा तोकिएका दिनहरूमा बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म सञ्चालन हुनेछ ।
असार १९ सम्म फाराम भर्न सकिने
पूरक परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले आगामी असार १९ गतेभित्र नियमित शुल्कमा र असार २६ गतेभित्र दोब्बर दस्तुर तिरी आ-आफ्नो विद्यालयमार्फत आवेदन फाराम बुझाइसक्नुपर्नेछ । बोर्डले नियमित आवेदन शुल्क प्रतिविद्यार्थी ८०० रुपैयाँ र दोब्बर शुल्क १,६०० रुपैयाँ तोकेको छ ।
यस्तो छ परीक्षा तालिका (Routine):
  • साउन २ गते (पहिलो दिन): अनिवार्य अंग्रेजी (Compulsory English) विषयको परीक्षा । यस्तै, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय र दुई विषयमा परीक्षा दिनेहरूको हकमा सानो कोड नम्बर भएको विषयको परीक्षा पहिलो दिन हुनेछ ।
  • साउन ३ गते (दोस्रो दिन): दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूको हकमा ठूलो कोड नम्बर भएको विषयको परीक्षा दोस्रो दिन हुनेछ ।
को-को हुन पाउँछन् सहभागी?
सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम 'डी' वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा दुई विषयमा 'नन्-ग्रेडेड' (NG) भएका वा बढीमा दुई विषयमा अनुपस्थित रहेका नियमित परीक्षार्थीहरू मात्र यस परीक्षामा सहभागी हुन पाउनेछन् ।
यस्तै, सार्वजनिक नतिजामा चित्त नबुझेका विद्यार्थीहरूले असार २६ गतेभित्र प्रतिविषय १,००० रुपैयाँ शुल्क बुझाएर अनलाइनमार्फत पुनर्योग (Re-totaling) को आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार