मुख्य समाचार
इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न |

मनमोहन अस्पतालमा फेरि तनाव,अस्पतालले लापरवाही गर्दा मृत्यु भएको आरोप

देश प्रदेश डेस्क 5494+ समाचार ( )
१० पौष २०८०, मङ्गलबार

झापा । अस्पतालको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले होहल्ला गर्दै आन्दोलन गरेपछि हिजोदेखि बिर्तामोडको मनमोहन हस्पिटल तनावग्रस्त छ ।

मृतकका परिवार र आफन्तले क्षतिपूर्तिको माग गर्दै हिजो साँझदेखि आन्दोलन गरिरहेका छन् । घुँडामुनि सुन्निएर बिर्तामोड ९ की ३५ वर्षीया नर्वदा बाँसकोटालाई हिजो बिहान ७ बजे मनमोहन अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उपचारका क्रममा बेलुका ५.३० बजे उनको मृत्यु भएको हो । मृतकका श्रीमान, ११ वर्षका छोरा र अढाई वर्षकी छोरी रहेका छन् । मृतकका छोराछोरीको पालनपोषण , शिक्षादिक्षाको लागि क्षतिपूर्ति र लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कार्वाही गर्नुपर्ने आफूहरुको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताए । उनले मनमोहनले उपचार पनि नगरेको र ८ घण्टासम्म रिपोर्ट नदिँदा अन्यत्र लैजान नसकेको बताए ।

हिजो साँझ आन्दोलन गरेका मृतकका आफन्तहरुले आज विहानदेखि फेरि अस्पतालअगाडि होहल्ला गरिरहेका छन् । बाक्लो उपस्थिति रहेको प्रहरीले अस्पतालभित्र कसैलाई प्रवेश गर्न दिएको छैन । मृतकको शव अस्पतालको आइसियुमा रहेको जनाइएको छ । यसअघि गत साउन २९ गते चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै आफन्तहरुले मनमोहन हस्पिटलमा आन्दोलन गरेका थिए । प्रसूति गराउन मनमोहन ल्याइएकी बिर्तामोड १ की २७ वर्षिया सिर्जना संग्रौलाको मृत्यु भएपछि आफन्तहरुले आन्दोलन गरेका थिए । अस्पताल प्रशासनले क्षतिपूर्तिवापत मृतक परिवारलाई ३५ लाख रुपैयाँ दिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै