मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

आन्दोलनका क्रममा झापामा १२ जना घाइते, केहीको अवस्था मध्यम

देश प्रदेश डेस्क 5495+ समाचार ( )
२४ भाद्र २०८२, मङ्गलबार

झापामा भइरहेको आन्दोलनका क्रममा विभिन्न स्थानका १२ जना नागरिक घाइते भएका छन्। उनीहरूलाई दमक, बिर्तामोड, धरान र विराटनगरका अस्पतालहरूमा उपचारका लागि लगिएको छ। घाइतेहरूमध्ये केहीको अवस्था मध्यम रहेको जनाइएको छ।

घाइतेहरूको विवरण यसप्रकार छ:

  1. प्रकाश भट्टराई (३०), कमल गाउँपालिका–५, झापा
    – बायाँ खुट्टाको फिलामा चोट
    – प्रारम्भिक उपचार दमक अस्पतालमा पछि B&C अस्पताल बिर्तामोडमा थप उपचार भइरहेको
    – अवस्था: मध्यम, बोल्न सक्ने अवस्थामा

  2. भुपेन्द्र खड्का (२०), दमक नगरपालिका–३, झापा
    – अनुहार र घाटीमा चोट
    – लाईफलाइन अस्पताल दमकमा प्रारम्भिक उपचार पछि घोपा अस्पताल धरानमा पठाइएको
    – अवस्था: मध्यम, बोल्न सक्ने
    – सम्पर्क: ९८२४३११६६७

  3. सागर हेमरम (२०), गौरिगञ्ज गाउँपालिका–१, झापा
    – अनुहार र छातीमा चोट
    – उपचार B&C अस्पताल बिर्तामोडमा भइरहेको
    – अवस्था: मध्यम, बोल्न सक्ने

  4. अभिषेक चेम्जोङ (१८), दमक नगरपालिका–१, झापा
    – अनुहारमा चोट
    – उपचार B&C अस्पताल बिर्तामोडमा भइरहेको
    – अवस्था: सामान्य

  5. प्रयुष चौहान (१९), उर्लाबारी नगरपालिका–४, झापा
    – दाहिने हात, खुट्टा र छातीमा चोट
    – नोबेल अस्पताल विराटनगरमा रिफर गरिएको
    – अवस्था: सामान्य

  6. युनिस दाहाल (१८), शिवसतासी नगरपालिका–११, झापा
    – दाहिने कान र घाटीमा चोट
    – नोबेल अस्पताल विराटनगरमा लगिएको
    – अवस्था: सामान्य

  7. साईन राई (२४), चुलाचुली गाउँपालिका–३, इलाम
    – दाहिने खुट्टामा चोट
    – उपचार लाईफलाइन अस्पताल दमकमा हुँदै
    – अवस्था: सामान्य

  8. अविनाश राई (१९), कमल गाउँपालिका–५, झापा
    – दुवै हात र खुट्टामा चोट
    – नोबेल अस्पताल विराटनगरमा लगिएको
    – अवस्था: सामान्य

  9. औसन रिमाल (१७), दमक नगरपालिका–१०, झापा
    – बायाँ हातको पाखुरामा चोट
    – उपचारपछि थप उपचारका लागि B&C अस्पताल बिर्तामोडमा पठाइएको
    – अवस्था: मध्यम
    – सम्पर्क: ९८२५९०५१६४

  10. रोयल रिजाल (१८), दमक नगरपालिका–७, झापा
    – दुवै खुट्टामा चोट
    – उपचार लाईफलाइन अस्पताल दमकमा हुँदै
    – अवस्था: सामान्य, बोल्न सक्ने

  11. प्रदीप खरेल (३३), बिर्तामोड नगरपालिका–५, झापा
    – दाहिने खुट्टामा चोट
    – उपचार B&C अस्पतालमा भइरहेको
    – अवस्था: सामान्य

  12. सन्देश गिरी (१६), अनारमनी, झापा
    – अश्रुग्यासको धुवाबाट असर
    – उपचार बिर्तासिटी अस्पतालमा भइरहेको
    – अवस्था: सामान्य

थप विवरण आउन बाँकी

घाइतेहरूमध्ये केहीलाई तत्काल उपचारपछि छुटाइएको छ भने अन्यलाई थप उपचारका लागि रिफर गरिएको छ। आन्दोलनको प्रकृति र घटनाबारे स्थानीय प्रशासन तथा प्रहरी निकायले अनुसन्धान अघि बढाइरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार