मुख्य समाचार
प्रहरी एक्सनपछि बिर्तामोड बसपार्कका होटलका सटर बन्द | आँखा अस्पतालको गेटमै होटलवालाले सोध्छन्‌–लड्की चाहिए? | दमकको होटलमा नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा दुई पक्राउ | सैनिकमोडको होटलमा प्रहरीको ‘बीग अपरेशन’ , १३ जना पक्राउ | अवैध रुपमा नेपाल छिर्न खोज्ने अफगानी पूर्वी नाकामा पक्राउ | सशस्त्र प्रहरीद्वारा बरामद १८ लाखको मोवाईल पार्टस भन्सार दाखिला | २२ लाख बराबरको अवैध मोटर पाटर्स र कपडा बरामद | सरकारसँग सहमतिपछि गरिमा चौधरीको अन्त्येष्टि, न्यायको लडाइँ भने जारी | सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति, आन्दोलन अन्त्य | गरिमा चौधरी हत्या प्रकरण : तीन दिनको खोजी, खाली घरमा शव, अनुसन्धानमाथि प्रश्न र न्याय माग्दै काठमाडौं पुगे अभिभावक |

दमकको होटलमा नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा दुई पक्राउ

देश प्रदेश डेस्क 5396+ समाचार ( )
९ भाद्र २०८३, मङ्गलबार

झापा दमकको एक होटलमा नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा दुईजना जना पक्राउ परेका छन् ।

दमक वडा नं ८ स्थित मनकामना होटल एण्ड लजमा १३ वर्षीया नाबालिकालाई ललाइफकाइ यौनधन्दामा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा होटल संचालक ५५ वर्षीय गणेशप्रसाद अधिकारी र बालिकालाई यौनधन्दाका लागि होटलमा लगिदिने मोरङ केराबारी ९ देवीझोडा घर भइ हाल दमकमा बस्दै आएकी जुनु भन्ने पार्वती ऋषिदेव रहेका छन् ।

१३ वर्षीया नाबालिका गत साउन ३१ गते घरबाट आफूखुसी हिडी परिवारको सम्पर्कबिहीन भएकी थिइन् । उनको खोजतलासका लागि पीडितका आफन्तले इलाका प्रहरी कार्यालय दमकमा हुलिया निवेदन दिएका थिए । बालिकालाई खोजतलास गर्ने क्रममा भदौ ४ गते उनलाई होटलमा फेला पारिएको थियो ।

घटना सम्बन्धमासोधपुछ गर्दा ती नाबालिकालाई पार्वती ऋषिदेवले ललाई फकाई दमक नगरपालिका वडा नं ८ बस्ने गणेशप्रसाद अधिकारीले सञ्चालन गरेको मनकामना होटल एण्ड लजमा लगी यौनधन्दामा लगाएको खुल्न आएको थियो ।

दुवैलाई पक्राउ गरी भदौ ७ गते झापा जिल्ला अदालतमा पेश गरिएको थियो । उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार