मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

माओवादीको झापामा ५०० बढीलाई पार्टी प्रवेश गराउने तयारी

देश प्रदेश डेस्क 5449+ समाचार ( )
१७ श्रावण २०८१, बिहीबार

झापा यही साउन १९ गते बिर्तामोडमा  नेकपा माओवादी (केन्द्र)मा  ५ सय जना भन्दा बढीले पार्टी प्रवेश गर्ने भएका छन् । नवप्रवेशीलाइ  स्वागत गर्न सो पार्टीका उपमहासचिव हरिबोल गजुरेल (शितलकुमार) झापा आउने भएका छन् । साे कार्यक्रमका लागि बिर्तामोडमा ‘पार्टी प्रवेश तथा स्वागत कार्यक्रम’ को तयारी गरिएको छ ।  पार्टीको झापा जिल्ला कार्यसमितिले बिहीबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिइएको हो ।

पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि)का अनुसार नवप्रवेशीहरुलाई स्वागत गर्न यही साउन १९ गते बिर्तामोडमा ‘पार्टी प्रवेश तथा स्वागत कार्यक्रम’ को तयारी गरिएको छ ।पत्रकार भेटघाटमा उक्त पार्टीका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो)ले लामो समयपछि पार्टी प्रतिपक्षमा रहेकाले माओवादीको आगामी योजना के छ भन्ने आम नागरिकमा चासो रहेको बताए ।

‘हामी सरकारमा रहे पनि नरहे पनि सधैँ जनतासँगै छौँ’, उनले भने, ‘माओवादी पार्टी सक्किने होइन, सच्चिने कुरामा दृढ संकल्पित छ भन्ने सन्देश दिन पनि कार्यक्रम गर्न लागिएको हो ।’

देशको मूल राजनीतिक शक्ति भएकाले माओवादीप्रति जनताको भावना सकारात्मक नै रहेको सन्देश दिन पनि कार्यक्रम गर्न लागिएको सो कार्यक्रममा बताइएको छ । माओवादी पार्टी छोड्ने मात्र होइन, पार्टीमा फर्किने पनि क्रम जारी रहेको सन्देश दिन पनि कार्यक्रम गर्न लागिएको पार्टीका जिल्ला संयोजक अग्निले जानकारी दिए ।

पत्रकार भेटघाटमा पार्टीका प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय), जिल्ला नेता भवानीप्रसाद दंगाल लगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै