मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

Pawan Khatiwada Myakuri लाई सुम्निमाको आरोप नै आरोप

देश प्रदेश डेस्क 5495+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

  काठमाडौँ  | हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ की श्रीमती सुम्निमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाएकी छन् । आफू हुँदाहुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको समेत उनको भनाई छ ।

‘मेरो बारेमा त्यस्तो केही छ भने बाहिर ल्याउनुपर्‍यो । म हुँदाहुँदै उसले एक केटीलाई गर्भवती बनाएको भिडियो बाहिर आएको छ । त्यो के हो ?’, सुम्निमाले भनिन् ‘अब अदालत जानु अगाडि मलाई यसको विषयमा क्लियर चाहियो ।’ आफूलाई यसो गर भनेर पनि बाटो नदेखाएको र अलपत्र पारेको उनको दाबी छ । 

एक भिडियो अन्तर्वार्तामा सुम्निमाले कि त पवनले आफूलाई गलत हो भनेर देखाउनुपर्‍यो । कि मलाई गलत प्रमाणित गर्नुपर्‍यो । त्यसपछि मात्र डिभोर्स दिन तयार रहेको बताएकी छन् ।

हुन त यो विषय प्रहरीमा पनि पुगेको थियो । प्रहरीमा दुबैबिच सहमति समेत भएको छ । प्रहरीको सहमतिमा एक अर्कोलाई मानसिक तनाव नदिने र आफ्नो पीडा बाहिर ल्याउन पाउने रहेको सुम्निमाले बताएकी छन् ।

पुलिसले भोलि नै अदालत जानुभन्दा सुटिङ छ भनेर ४ दिन टारेको उनको धारणा छ । ‘लाज लाग्दैन कलाकार भएर घर भताभुङ्ग पारेर चौकी चौकी धाइरहेका छौ । त्यो भन्दा ठुलो सुटिङ । पहिले बुढीको विषय टुङ्गो लगाऊ’ सुम्निमाले प्रहरीको भनाइ सुनाइन् ।

उता कलाकार खतिवडाले भने सामाजिक सञ्जालमार्फत सुम्निमाको कुरोको सत्य अर्कै रहेको बताएका छन् ।  उनले सत्य तथ्य नबुझी आफूलाई विभिन्न कमेन्ट समेत नगर्न अनुरोध गर्दै वास्तविकता आज आउने बताएका छन् ।

‘यो अदालती कुरो हो । हाम्रो सहमति त्यही भएको हो’, उनले अगाडि भनेका छन् ‘पर्सनल कुरो मिडियाबाजी गर्ने सोचमा म थिएन । तर उताबाट मिडियामा आएसी बोल्नैपर्ने भयो ।’

उनले आफू बोल्ने र यो विषयको सत्य बाहिर ल्याउने बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार