मुख्य समाचार
मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

अलपत्र परेका यी २७ आयोजनामा दबाब यात्रा गर्दै रास्वपा

देश प्रदेश डेस्क 5494+ समाचार ( )
४ माघ २०८०, बिहीबार

४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा गर्न २७ आयोजको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । गएराति सकिएको केन्द्रीय समितिको बैठकले निर्माण सुस्त भइरहेका आयोजना केन्दि्रत दबाब कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रारम्भिक चरणमा २७ आयोजनालाई प्राथमिकताको सूचीमा राखेको रास्वपाले आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मिति समेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा श्रीराम न्यौपाने, विपिन कुमार आचार्य,, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेटुवाल र खुस्बु सरकार श्रेष्ठ छन् ।

दबाब कार्यक्रम गर्ने आयोजनाको प्रारम्भिक सूचीमा गल्छी-त्रिशूली-मैलुङ-स्याप|mुबेेसी-रसुवागढी सडकलाई पहिलो नम्बरमा राखिएको छ । यसैगरी धरहरा र मेलम्ची खानेपानी आयोजना लगायत छन् ।

विभिन्न मितिमा ठेक्का लागे पनि निर्माण निकै सुस्त रहेका आयोजना छिटो पूरा गर्न दबाब दिने उद्देश्यले दबाब यात्रा गर्न लागेको हो । यसअघि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा नारायणगढ-बुटवल सडकखण्डमा पदयात्रा गरेको रास्वपाले थप आयोजनाहरुको सूची पनि सार्वजनिक गरेको हो ।

रास्वपाका उपसभापति डीपी अर्यालले भने, ‘पटक-पटक अवधि थपिएको, सम्पन्न हुन नसकेको योजनाहरुमा दबाब यात्रा गरेर सरकारलाई खबरदारी गर्ने हो, ।’

दबाब यात्रामा केन्द्रीय नेता र सांसदहरु सहभागी हुने अर्यालले जानकारी दिए । ‘सांसदसहित नेताहरु को कहाँ जाने निर्णय अर्को बैठकबाट लिन्छौं’, उनले भने ।

यसअघि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले २१ वटा आयोजनामा पदयात्रा गर्ने घोषणा गरेका थिए । उनले पार्टीका २१ जना सांसदले एक एक वटा आयोजनाको जिम्मा लिएर पदयात्रा गर्ने बताएका थिए ।

यसअघि पुस ९ गतेदेखि रास्वपाले विस्तारको काम भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल खण्डमा ११३ किलोमिटर पदयात्रा गरेको थियो ।

रास्वपाले दबाब यात्रा गर्न छनोट गरेका आयोजनाहरुको प्रारम्भिक सूची यस्तो छ –

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार