मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

खुट्टामा गोली हानेर भारतीय सुटर सुजितकुमार सिंहलाइ नेपालमा पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
११ पौष २०८०, बुधवार

झापा बारा प्रहरीले भारतीय सुटर सुजितकुमार सिंहलाई मंगलबार राती पक्राउ गरेको छ। सिंहलाई बाराको बिश्रामपुर गाउँपालिका १ छतवाबाट प्रहरीले नियन्त्रणमा लिएको हो। सिंहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले खुट्टामा गोली प्रहार गरेको छ। नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि गोली प्रहार गरेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन्। सिंहको अहिले कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

भारत मोतीहारी जिल्ला दार्पा थाना १ सुक्लहियाका सिंहमाथी कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकार (सर्राफ) र भारत मोतिहारीका अजितकुमार सिंहको हत्या गरेको आरोप छ। सर्राफको कात्तिक १३ गते कलैयामा र सिंहको असोज ९ गते पचरौतामा गोली प्रहार गरी हत्या गरिएको थियो। 

दुबै हत्याकाण्डमा सिंह मुख्य सूटर रहेको जनाउँदै प्रहरीले उनको खोजी गरिरहेको थियो। खोजीको सूचिमा रहेका सिंह नेपाल प्रवेशको सूचना पाएपछि पुगेको प्रहरी टोलीले खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो। 

उनको साथबाट प्रहरीले एक थान पेस्तोल र गोलीसमेत बरामद गरेको छ। प्रहरीका अनुसार सिंहसंगै रहेका अन्य भने फरार भएका छन्। 

बाराका प्रहरी प्रवक्ता न्यौपानेले पक्राउ परेका व्यक्ति सिंह नै रहेको भन्ने प्रारम्भिक रुपमा खुलेको बताए। उपचारपछि पक्राउ परेका व्यक्तिको सम्बन्धमा थप विवरण सार्वजनिक गरिने प्रवक्ता न्यौपाने बताए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार