मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

दमक भ्युटावरको आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

देश प्रदेश डेस्क 5301+ समाचार ( )
२३ मंगशिर २०८१, आइतबार

झापा डेढ अर्बभन्दा बढीको लागतमा झापाको दमक नगरपालिका–३ मा बनेको भ्युटावर (बिजनेस कम्प्लेक्स) को आज उद्घाटन हुँदैछ। 

  भ्युटावर उद्घाटनका लागि प्रधानमन्त्री केपी ओली दमक आउँदै छन्। उनी दोस्रोपटक प्रधानमन्त्री हुँदा २७ असार ०७६ मा एक अर्ब ५६ करोड १४ लाखमा निर्माण ठेक्का लागेको थियो। २७ पुस ०७८ मा निर्माण सम्पन्न गर्ने गरी टावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले ठेक्का लिएका थिए।  भ्युटावर सहरी विकास मन्त्रालयअन्तर्गत निर्माण भएको हो।

सरकारले विशिष्ट संरचनाहरूको सञ्चालन र व्यवस्थापन निजी क्षेत्रलाई दिने गरी विकास समिति (गठन) आदेश जारी गरिसकेको छ। जसअन्तर्गत दमकको भ्युटावर पनि सञ्चालन हुनेछ। तर, यो भ्युटावरमा कस्ता व्यवसाय सञ्चालन हुन्छन् भन्ने अहिलेसम्म टुंगो लागेको छैन।

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री ओली दुई दिने गृह जिल्ला भ्रमणका लागि झापा आउने भएका हुन् । उनी जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । आज र भोलि झापामा आयोजना हुने कार्यक्रमहरुमा आउने प्रधानमन्त्री ओलीलाई जिल्लामा भव्य स्वागतको तयारी गरिएको नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले जानकारी दिए । उनका अनुसार जिल्लामा मुख्य कार्यक्रम दमक विजनेस टावरको उद्घाटन रहेको छ । जिल्लामा दमक विजनेस टावरको कार्यक्रमलाई भव्य र अन्य सबै कार्यक्रमहरुलाई सभ्य रुपमा सम्पन्न गर्न पार्टीको तर्फबाट आवश्यक तयारी पूरा भएको अध्यक्ष गिरीको भनाई छ ।

एमाले झापाका सचिव तुलसी कार्कीले कार्यक्रम तालिका अनुसार आज काठमाडौंबाट झापा आएपछि दिउँसो १२ बजे मेचीनगर–४ स्थित मानवसेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम तय भएको बताए । त्यसपछि साढे १ बजे दमक –३ स्थित नवनिर्मित बिजनेस टावरको उद्घाटन गर्ने कार्यक्रम रहेको सचिव कार्कीले जानकारी दिए ।
यस्तै, भोलि पहिलो कार्यक्रम बिहान १० बजे बेलडाँगी खानेपानी उद्घाटन गर्ने रहेको छ ।

११ बजे गौरादह नगरपालिकाअन्तर्गत महारानी झोडा (स्कुलचौन) मा जग्गाधनी पुर्जा वितरण, १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्दै बिर्तामोड फर्किने कार्यक्रम रहेको छ । बिर्तामोडमा दिउँसो २ बजे सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने सचिव कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार