मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

आईएसएफ यु-१५ जिम्न्यासाइडमा निश्चित कार्कीले जिते स्वर्ण

देश प्रदेश डेस्क 5336+ समाचार ( )
५ भाद्र २०८०, मङ्गलबार

झापा नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू-१५ जिम्न्यासाइडमा स्वर्ण पदक जितेका छन् ।

ब्राजिलको रियो दि जेनेरियोमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार भएको कलरवेल्ट पुम्सेको फाइनलमा उनले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण जितेका हुन् ।

निश्चितले फाइनलमा १० अंकको खेलमा ७.४ अंक जोड्दा प्रतिद्वन्द्वी बाजिलका खेलाडीले ७.१ अंक मात्र प्राप्त गर्न सके ।

यसअघि निश्चितले सेमीफाइनलमा मेक्सिकोलाई हराएका थिए । मेक्सिकोले ६.८ अंक जोड्दा निश्चितले ७.४अंक प्राप्त गरेका थिए ।

मंगलबार भएको गर्ल्स थ्री अन थ्री बास्केटबलमा नेपाली टोलीले अंगोलालाई १५-० ले पराजित गर्‍यो । सो खेलमा नेपालकी आर्या पौडेल सर्वाधिक ५ अंक जोडिन् । आर्यासहित ओजोस्वी श्रेष्ठ, आरुशा शाक्य र संयमी घिमिरेले प्रतिस्पर्धा गरेका थिए।

जितसँगै ११ राष्ट्रले प्रतिस्पर्धा गरेको गर्ल्स बास्केटबलमा नेपालले नवौं स्थान हात पारेको छ।

यसैगरी ब्वाइज थ्री अन थ्री वास्केटबलमा नेपाल ‘ए’ले ब्राजिललाई७-६ स्कोरले तथा मेक्सिकोलाई १०-६ ले हरायो । अर्को खेलमा भने कोस्टारिकासँग ९-८ ले पराजित हुनपुग्यो ।

त्यसैगरी ब्वाइज नेपाल ‘बी’ भने ब्राजिलसँग ११- ८ पराजित भयो ।

भदौ १० सम्म सञ्चालन हुने प्रतियोगितामा ४४ राष्ट्रका २ हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालबाट पाँचवटा खेलहरु बक्सिङ, पौडी, तेक्वान्दो, टेबल टेनिस र बास्केटबलमा २१ जना खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस महासंघ (आईसी)को आयोजनामा हरेक दुई वर्षमा आयोजना हुने यो १५ वर्ष उमेर समूहको ‘मिनी ओलम्पिक’ प्रतियोगिता हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार