मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

प्रहरीको गोली लागेर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु

देश प्रदेश डेस्क 5497+ समाचार ( )
२७ मंगशिर २०८०, बुधवार

                                                                                                                           साङ्केतिक तस्वीर

झापा । बाराको सिम्रौनगढमा प्रहरीले गोली चलाउँदा घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। 

बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए। 

मृतक सिम्रोनगढ-१ का अन्दाजी २१ वर्षीय लक्ष्मी मुखिया छन्। 

प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार उनको टाउकोमा गोली लागेको हो। बुधबार नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएपछि आन्दोलनरत कर्मचारीहरूले मेयर किशोरी साह कलवारको गाडीमा तोडफोड गरेका थिए। 

त्यहाँ लामो समयदेखि तलब नपाएको भन्दै कर्मचारीहरू आन्दोलनरत छन्। धर्ना दिइरहेको समयमा मेयर र प्रशासकीय अधिकृत आएपछि झडपको स्थिति बनेको थियो। 

त्यसक्रममा प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो। हवाइ फायर गर्नेक्रममा मृतकको टाउकोमा गोली कसरी लाग्यो भन्ने खुलेको छैन। 

घाइतेको उपचारको लागि वीरगञ्जस्थित नारायणी अञ्चल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मुखियाको मृत्यु भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार