मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

एयरलायन्सका अध्यक्ष पोखरेलका भाञ्जा आश्विनको जहाज दुर्घटनामा निधन

देश प्रदेश डेस्क 5490+ समाचार ( )
९ श्रावण २०८१, बुधवार

झापा । सौर्य एयरको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये एक जना एयरलायन्सका अध्यक्ष दिपक पोखरेलका भाञ्जा आश्विन निरौला रहेको थाहा भएको छ ।

पारिवारिक स्रोतका अनुसार आश्विन निरौला एरोनोटिकल इन्जिनियर थिए । जहाजलाई मर्मतका लागि पोखरा लैजाने क्रममा काठमाडौँबाट उड्नेबित्तिकै आज बिहान ११ बजेर ११ मिनटमा दुर्घटना भएको थियो ।

भद्रपुर निवासी अध्यक्ष पोखरेलका पाँचजना बहिनीमध्ये जेठी बहिनी कल्पना निरौलाका एक मात्र छोरा थिए इन्जिनियर आश्विन ।

एरोनोटिकल इन्जिनियरिङको अध्ययन पूरा गरेपछि उनी सौर्य एयरलायन्समा सुरुदेखि नै कार्यरत थिए ।

हाल एयरलायन्सका अध्यक्ष पोखरेल त्रिभुवन विमानस्थलको घटनास्थलमा छन् भने दिवंगत इन्जिनियर अश्विन निरौलाका बुवा र आमा अस्ट्रेलियामा छन् ।

घटनाको खबर थाहा पाउनेबित्तिकै उनका बुवा र आमा नेपाल फर्किने क्रमममा रहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार