मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |
मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |


झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

देश प्रदेश डेस्क 5339+ समाचार ( )
२५ कार्तिक २०८२, सोमबार

झापा / झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले हात पार्न सफल भएकाे छ । सोमबार भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै जित हासिलगर्न सफल भएकाे हो ।

खेलको सुरुवातमै दुवै टोली आक्रमक लयमा मैदान उत्रिएका थिए । खेलको तेस्रो मिनेटमा पुलिसकी पूजा रानाले पेनाल्टी बक्सबाहिरबाट दिएको सटिक क्रसमा मिना देउवाले पेनाल्टी एरियाबाट गरेको प्रहार एपिएफकी गोलकिपर अञ्जना राना मगरले बचाइन् । पाँचौँ मिनेटमा एपिएफले पनि गोलको अवसर बनाएको थियो तर कप्तान अनिता बस्नेतको क्रसमा निशा थोकरले गरेको प्रहार पोस्टमाथि जान पुग्यो ।
२० औँ मिनेटमा पुलिसकी रेखा पौडेलले एपिएफका दुई डिफेन्डरलाई बिट गर्दै गरेको सट अञ्जनाले बचाइन् । तर, २२ औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनायो । रेखाले पेनाल्टी बक्सभित्र गरेको सट डिफेन्डरमा लाग्दै फर्किएको बल पेनाल्टी एरियामा अनमार्क रहेकी मिना देउवाको सामु पुग्यो । मिनाले गोलकिपरलाई कुनै मौका नदिई बल जालीभित्र पठाउँदै पुलिसलाई १–० को अग्रता दिलाइन् ।
३३ औँ मिनेटमा एपिएफकी कप्तान अनिताले बराबरीको सुनौलो मौका गुमाइन् । अनिता केसीले दिएको भलि क्रसमा उनले नजिकैबाट गरेको सट पोस्टको दिशा समात्न सकिनन् । त्यसपछि ३८ औँ मिनेटमा सविता रानालाई लडाइएपछि एपिएफले फ्रिकिक पायो तर कप्तान अनिता बस्नेतको सट पुलिसकी गोलकिपर उषा नाथले बचाइन् ।
पहिलो हाफको अन्तिम मिनेटमा रेखा पौडेलको सट पोस्टको छेउबाट बाहिरियो । मिना देउवाले सेन्टर एरियाबाट तीन खेलाडीलाई बिट गर्दै रेखालाई पास दिएकी थिइन् ।
दोस्रो हाफमा पनि खेल बराबरीको गतिमा अघि बढ्यो । ६२ औँ मिनेटमा रेखा पौडेलको आक्रमक रन रोक्ने क्रममा एपिएफकी डिफेन्डर मनमाया दमाईले फाउल गरेपछि पहेँलो कार्ड पाउँदा पुलिसले फ्रिकिकको अवसर पायो । कप्तान अमृता जैशीले फ्रिकिकबाट गोलको प्रयास गरेकी थिइन् तर बल पोस्टबाट बाहिरियो ।
८४ औँ मिनेटमा एपिएफले बराबरीको अर्को मौका गुमायो । रश्मि घिसिङले पेनाल्टी बक्स बाहिरबाट रेनुका नगरकोटीलाई पास दिएकी थिइन् तर रेनुकाको प्रहार गोलपोस्ट नजिकबाट बहिरियो । ८९ औँ मिनेटमा पनि रश्मिको आक्रमक सटलाई पुलिसकी गोलकिपर उषा नाथले बचाइन् ।
अन्ततः खेलको २२ औँ मिनेटमा मिना देउवाले गरेकी गोल नै पुलिसको जितको आधार बन्यो । नेपाल पुलिस क्लबले १–० को जितसहित उपाधि हात पार्दै ऐतिहासिक सफलता हाँसिल ग¥यो ।
उपाधिसँगै पुलिसले नगद १० लाख १० हजार रुपैयाँ, मेडल र ट्रफी पायो । उपविजेतामा सीमित एपिएफले नगद ५ लाख रुपैयाँ प्राप्त गर्यो ।
फाइनलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको दुवै उपाधि पुलिसकी मिना देउवाले हात पारिन् । उनले प्रतियोगिता अवधिभर ७ गोल गर्दै गोल्डकपकी टप स्कोरर बनेर २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै १ लाख ५० हजार रुपैयाँ प्राप्त गरिन् ।
प्लेयर अफ द म्याचको उपाधि पुलिसकी पूजा रानाले जितिन् । अन्य उत्कृष्ट पुरस्कार विजेताहरूमा उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस), उत्कृष्ट डिफेन्डर मनमाया दमाई (एपिएफ), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपिएफ), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस) र उदयमान खेलाडी जेनिफर राना मगर (आर्मी) बने । सबै उत्कृष्ट विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे।
पुलिसकी कप्तान अमृता जैशीको नेतृत्वमा विभागीय टोलीले बलियो रक्षा र तीव्र आक्रमणको प्रदर्शन गर्दै एपिएफलाई दबाबमा राख्यो । खेलभर मिना देउवाको सक्रियता, रेखाको आक्रमक मुड र उषा नाथको बचाउले पुलिसको जित सुनिश्चित ग¥यो ।
विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डेलगायतले वितरण गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार