मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

युवा संघले दिए प्रसाईको घर फुटाउने धम्की

देश प्रदेश डेस्क 5495+ समाचार ( )
२६ अशोज २०८०, शुक्रबार

झापा  । झापाको अर्जुनधारामा असोज २६ एमाले नेता महेश बस्नेतको कार्यक्रममा भएको तोडफोडपछि पार्टीनिकट युवा संघका कार्यकर्ताहरु आक्रामक देखिएका छन् । उनीहरुले दुर्गा प्रसाईको बीएण्डसी हस्पिटलअगाडि हिजो साँझ चर्का नारावाजीसहित कोणसभा गरेका थिए भने भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका–६ कमेरोटारस्थित प्रसाईको घर घेराउ गरेका छन् । साँझपख बीएण्डसी हस्पिटल अगाडि युवा संघका कार्यकर्ताहरुले कोणसभा गरेको प्रहरीले जनाएको छ । युवा संघका कार्यकर्ताहरु आक्रामक बन्दा अप्रिय घटना हुनसक्ने खतरा देखिएको छ । भक्तपुर जिल्ला कमिटीका केन्द्रीय सदस्य पुष्पराज श्रेष्ठको नेतृत्वमा करिब १०–१५ जनाको समूहले प्रसाईको घर घेराउ गरेको हो ।

उनीहरुले प्रसाईको घर फुटाउने धम्कीसमेत दिएको नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईले जानकारी दिए । आफू झापा भएको बेला आफ्नो भक्तपुरको घर घेर्न पुगेका युवा संघका कार्यकर्ताले घर फुटाउने धम्की दिएको प्रसाईले जानकारी दिए । ‘देशमा यतिसम्म अराजक भइरहेको छ । नागरिकको बाँच्न पाउने अधिकार पनि हनन भइरहेको छ । लोकतन्त्रमा कानुन नै यस्तै हुन्छ ?। कसैको घर फुटाउने धक्की दिनु कतिसम्मको हो ? ’ उनले प्रश्न गरे । कानुनभन्दा बाहिर गएर जे–पायो त्यही गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ ।

हिजो एमाले नेता बस्नेतको कार्यक्रममा दर्जनौं सवारीसाधनमा तोडफोड भएको थियो । तोडफोडमा संलग्न बीएण्डसी हस्पिटलका क्यान्टिन संचालक विक्रम लिम्बू पक्राउ परेका छन् । बस्नेतको कार्यक्रम बिथोल्न पहिचानवादीहरु र प्रसाईका समर्थकहरु पुगेका थिए । उनीहरुले नै सो तोडफोड गरेको दावी गरिएको छ । तर, घटनापछि एकले अर्कामाथि दोष थोपर्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार