मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

पछिल्लो समय भारतबाट अवैध रुपमा कपडा तस्करी गरी बिर्तामोड, इटहरी, काठमाडौं, पोखरालगायतका ठूला सहरसम्म पुर्‍याउने गिरोह सक्रिय रहेको वेला बेलामा प्रहरीद्वारा बरामद गरिएकाे घटनाले पुष्ठी गरेकाे छ ।
झापामा दुई लाख भन्दा बढीकाे अवैध कपडा बरामद

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

झापा / झापाकाे मेचीनगरमा नेपाल प्रहरीले दुई लाख भन्दा माथिकाे अवैध कपडा बरामद गरेकाे छ ।

गए राति अन्दाजी ११ः३० बजेकाे समयमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलिले झापाकाे मेचीनगर नगरपालिका वडा न.६ हनुमान मन्दिर अगाडी भारत देखि नेपाल तर्फ अवैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा बरामद भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

यसरी बरामद भएकाे मालसामानमा पाईन्ट -१३० पिस, भेष्ट -९६ पिस, सेण्डो भेष्ट - ७२ पिस, मेक्सि - ६ पिस, टप - ३ पिस, कुर्ता सुरुवाल- ४४ पिस, राधे राधे गम्छा ३९ पिस, पुजामा प्रयोग हुने कपडा- २४ मिटर, गम्छा- ७ पिस ,बच्चाको सेण्डो- १८० पिस, बच्चाको सट- १८ पिस गरी अन्दाजी दुई लाख १४ हजार ५० रुपियाँ मुल्य बरावरको कपडा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

पछिल्लो समय भारतबाट अवैध रुपमा कपडा तस्करी गरी बिर्तामोड, इटहरी, काठमाडौं, पोखरालगायतका ठूला सहरसम्म पुर्‍याउने गिरोह सक्रिय रहेको वेला बेलामा प्रहरीद्वारा बरामद गरिएकाे घटनाले पुष्ठी गरेकाे छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार