मुख्य समाचार
वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी |

अलास्कामा ट्रम्प–पुटिन शिखर वार्ता आज हुने

देश प्रदेश डेस्क 5496+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार
झापा / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच आज अलास्कामा शिखर वार्ता हुने भएको छ ।

दुई नेताले हिउँले ढाकिएको अमेरिकी राज्य अलास्कालाई वार्तास्थल रोजेका हुन् । सुरुमा पुटिनले युएईको दुबईमा वार्ता गर्ने चाहना राखेपनि अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रहमा अलास्कामा वार्ता हुने भएको हो ।

सुरक्षाको दृष्टिले यो वार्ता अलास्काको एङ्कोरोजमा रहेको अमेरिकी सैन्य अखडामा हुनेछ । दुई नेताबिच नेपाली समय अनुसार आजराति सवा १ बजे वार्ता हुँदैछ । केही घण्टा मात्रै चल्ने यो वार्तामा रुसलाई युद्धविरामको लागि मनाउने अमेरिकी प्रयास हुनेछ । तर युक्रेनको अनुपस्थितिमा हुने वार्ताले दिगो शान्ति खोज्न नसक्ने विश्वका नेताहरुको धारणा छ ।

६ वर्षमा पहिलो पटक हुन लागेको ट्रम्प–पुटिन प्रत्यक्ष वार्ताले युद्ध रोक्ने बिकल्पमाथि खुला छलफल गर्नेछ । वार्तामा रुसले आफ्नो पुरानै अडान कायम राख्ने बुझिएको छ ।

रूसले आंशिक रूपमा कब्जा गरेको युक्रेनी क्षेत्रहरू डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजियाको भविष्य के हुने भन्नेमा वार्ता केन्द्रित हुनेछ । यसैगरि युक्रेनलाई निशस्त्रीकरण गराउने, नेटो तथा अन्य पश्चिमी सैन्य गठबन्धनमा सामेल नहुने ग्यारेन्टी गराउने रुसी चाहना छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार