मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

जसपाको लिम्बुवान राष्ट्रिय समिति अध्यक्षमा लावती

देश प्रदेश डेस्क 5450+ समाचार ( )
११ मंगशिर २०८०, सोमबार

झापा जनता समाजवादी पार्टी (जसपा) नेपालको लिम्बुवान राष्ट्रिय समितिको अध्यक्षमा जेन्टल लावती (डम्बर) चयन भएका छन् ।

शनिबार पाँचथरको फिदिममा सम्पन्न पुनर्गठन बैठकबाट अध्यक्षमा लावती चयन भएका हुन् । समितिको उपाध्यक्षहरुमा एविराज आङदेम्बे, सन्जय मेवाहाङ राई र अग्निमाया मेचे, मुख्य सचिवमा केदार धिमाल,  सचिवहरुमा अजितकुमार धिमाल, हेमराज जिमि र सुश्मा राई र कोषाध्यक्षमा टूपेन्द्र एक्तेन चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा प्रदिप मादेन नानी, सुजित ओख्राबो, सजिव योङया, जकेन्द्र लावती, टि.आर. आङदेम्बे, क्षितिज लावती, रोहित आङबो, हेमराज माङमु (राकेश), कमल नेम्बाङ, काङ्सोरे सुन्दर लावती, विश्वेस्वरप्रसाद बेघा, मोहन देवान, बिक्रम लिम्बु लेक्वा, श्याम एक्तेन, प्रेमचन्द्र लेप्चा, मणि लुङगेली मगर, दिपा निङ्लेकु, देउमान चेम्जोङ, खड्क लिम्बु खाम्बेक, नारायणमान गुरुङ, किशोरचन्द्र इङनाम, मोहनकुमार धिमाल, श्रीप्रसाद धिमाल, रिता खापुङ, कमला रुम्दाली राई र लिला राई चयन भएका छन् ।

समितिका निवर्तमान अध्यक्ष खगेन्द्र माखिमको अध्यक्षतामा सम्पन्न बैठकमा जसपा, नेपालका कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ र रणध्वोज कन्दङ्वा उपस्थिति थिए । बैठकले सबै समुदायको साझा प्रदेशको रूपमा ‘लिम्बुवान प्रदेश’ स्थापना गर्न लागि पर्ने निर्णय गरेको छ ।त्यस्तै कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलन सशक्त बनाउने, लिम्बुवानमा ब्याप्त भ्रष्टाचार विरुद्धमा शसक्त आन्दोलन गर्ने, गुणस्तरिय शिक्षा, सुलभ स्वस्थ्य, सुशासन, जनजिविकाका सवालहरुमा सधै आवाज बुलन्द गर्ने, महङ्गी, बेरोजगारी समस्याको समाधानको लागि भुमिका खेल्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार