मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

झापामा एकै महिनामा विपद्जन्य घटनाबाट दश करोडभन्दा बढीको क्षति

देश प्रदेश डेस्क 5493+ समाचार ( )
४ आषाढ २०८३, बिहीबार
                                                                                                                                     फायल तस्विर
झापा । प्राकृतिक विपद्मा सबैभन्दा बढी क्षति आगलागीका कारण भएको पाइएकाे छ । प्रहरीको तथ्याङ्क अनुसार जिल्लामा गत जेठ महिनामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनाबाट  १० करोडभन्दा बढीको आर्थिक क्षति भएको छ ।
 कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति प्रतिवेदनअनुसार आगलागी, हावाहुरी र जङ्गली जनावरको आक्रमणका कारण ठूलो परिमाणमा भौतिक तथा मानवीय क्षति भएको जनाएकाे छ ।
 जेठमा जिल्लाका विभिन्न स्थानमा १५ वटा आगलागीका घटना घटेका थिए । सो आगलागीका कारण नागरिकको घरगोठ र धनमाल नष्ट हुँदा  छ करोड ३९ लाख ४० हजार बराबरको आर्थिक क्षति भएको हो ।
त्यसैगरी सोही महिनामा आएको ठूला हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा गरी  चार करोड सात लाख १६ हजार बराबरको क्षति भएको छ ।
झापामा रैथाने तथा सीमावर्ती क्षेत्रबाट आउने वन्यजन्तुको त्रास र प्राकृतिक प्रकोपको क्षति पनि उत्तिकै चुनौतीपूर्ण देखिएको छ । यस अवधिमा जङ्गली जनावरको आक्रमणका आठ वटा घटना भएका छन् । जसमा परेर एक जनाले ज्यान गुमाएका छन् भने नौ जना घाइते भएको तथ्याङ्क रहेको छ । वन्यजन्तुको आक्रमणबाट मात्रै  तीन लाख ७० हजार बराबरको क्षति पुगेको प्रहरीको भनाइ छ ।
यस्तै, चट्याङ्बाट  एक लाख ३६ हजार ५०० को भौतिक क्षति भएको तथ्याङ्क छ । सोही अवधिमा आएको बाढीपहिरोको घटनामा मानवीय क्षति नभए पनि प्रहरी टोलीले विपद्मा फसेका सात जनाको सकुशल उद्धार गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार