मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

धाराको पानीमा खराबी नभइ मास हिस्टेरियाका कारण बिरामी -चिकित्सक

देश प्रदेश डेस्क 5495+ समाचार ( )
९ जेठ २०८२, बिहीबार

झापा । मिनी माउन्टेन इङलिस सेकेण्डरी बोर्डिङ स्कुल बाह्रदशीका विद्यार्थीहरु धाराको पानीमा खराबी नभएर मास हिस्टेरियाका कारण बिरामी परेको हुनसक्ने चिकित्सकले बताएका छन् ।

बाह्रदशी गाउँपालिका वडा न.६ स्थित मिनी माउन्टेन ईङलिस सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले सोही बिद्यालयको खानेपानीको धाराबाट पानी पिउँदा पेट दुखेर १७ जना सिकिस्त भएका थिए ।

बिरामी हुने विद्यार्थीहरु कक्षा ४ र ५ का हुन् । उनीहरु सबै निको भई डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र बहादुर  खड्काले बताए । उनले धाराको पानी खाँदा बिरामी हुनुपर्ने कारणबारे अनुसन्धान भइरहेको बताए । विद्यालयको त्यस धाराको पानी विज्ञद्वारा परीक्षण गरिने उनले जानकारी दिए ।

विद्यालयका संचालक खगेन्द्र सुवेदीले पहिला ३–४ जनाले धाराको पानी खाएर भुँडी दुख्यो भनेर लडीबडी गरेको बताए । त्यसपछि उनीहरुका अरु साथीहरुले पनि त्यसरी नै भुँडी दुख्यो भनेर रुन कराउन थालेका थिए । बिरामी भएका सबै विद्यार्थीहरुलाई अस्पताल लगेर निको पारेर ल्याइएको उनले जानकारी दिए । धाराको पानीमा खराबी नभएर बिरामी विद्यार्थीहरुमा मास हिस्टेरियाको लक्षण देखिएको संचालक सुवेदीले बताए ।

बिर्तासिटी हस्पिटलका चिकित्सक डा. रमेश यादवले विद्यार्थीहरुमा मास हिस्टेरियाको लक्षण देखिएको जानकारी दिए। उनले धाराको पानी पनि परीक्षण गर्न आवश्यक रहेको बताए । धाराको पानीमा समस्या नदेखिएको खण्डमा मनोवैज्ञानिक रुपमा विद्यार्थीहरु सामूहिक बिरामी भएकाे हुन सक्ने उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार