मुख्य समाचार
युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित | झापामा सर्पले डसेर बृद्दाकाे मृत्यु |

उपसभामुखले संसदीय परम्परा तोडेको कोशीका मुख्यमन्त्रीको आरोप

देश प्रदेश डेस्क 5228+ समाचार ( )
४ भाद्र २०८०, सोमबार

झापा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले उपसभामुख सिर्जना दनुवारले संसदीय परम्परालाई तोडेको आरोप लगाएका छन् । 

विराटनगरको एक होटलमा गठबन्धनका नेताहरूसँगको छलफलपछि मुख्यमन्त्री थापाले संचारकर्मीहरुसँग कुराकानी गर्दै उपसभामुखले संसदीय व्यवस्थालाई धरापमा पार्ने काम गरेको आरोप लगाए । 

कोशी प्रदेश उपसभामुख दनुवार बिरामी बिदा बसेपछि आज बस्ने भनिएको प्रदेश सभाको बैठक अनिर्णित  बनेको छ । बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बिना निष्कर्ष टुंगिएको थियो । उपसभामुखले आज गरेको काम गलत भएको समेत उनले बताए । 

राज्य व्यवस्था र संसदीय व्यवस्थाबीच द्वन्द्व बढाउने काम उपसभामुखले गरेको उनले बताए । विश्वासको मत लिने आधारहरू पनि धेरै रहेको उनले बताए ।

‘अब हामी सबै ढोका खुल्ला गरेर जान्छौं । अदालत जानु पर्छ कि प्रदेश सभामा बसेर छलफल गर्नु पर्छ कि बाहिर बसेर छलफल गर्नु पर्छ । यसका लागि हामी तयारी गर्दैछौं । उपसभामुखलाई विश्वासको मतमा बस्ने मनशाय थिएन भने समय नदिएको भए हुने थियो ।’ उनले भने । 

विश्वासको मत लिनका लागि सबैसँग छलफल गरेर नै अगाडि बढेको समेत उनले बताए । 

मुख्यमन्त्री थापाले बजेटका विषयमा पनि सहमति भएको बताए । अघिल्लो सरकारले ल्याएको बजेटको ८५ प्रतिशत नचलाउने र अहिलेको सरकारले १५ प्रशित मात्रै  फेरबदल गर्ने सहमति भएको थियो । थापाले भने, ‘सहमति एउटा गरेर काम भने अर्कै गरेको देखियो ।’ उनले हिकमत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट पूरै परिवर्तन गर्ने समेत संकेत गरे ।

अघिल्लो सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको थियो । उनी बिदामा बसेसँगै अब प्रदेश सभा बैठक बस्ने नबस्नेबारे अन्योल सिर्जना भएको छ । 

यसअघि नै एमालेले आफ्ना ज्येष्ठ ७ र राप्रपाले २ जना जेष्ठ सदस्य सांसदहरूलाई बिदामा राखेको छ । उपसभामुखले राजीनामा दिएको अवस्थामा जेष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने भएकाले एमाले र राप्रपाले उनीहरूलाई बिदामा राखेका हुन् ।  

कोशीमा यसअघि सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएको थियो । प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेको छ ।

हाल कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाका १ जना सांसद छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै