मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

गृहमन्त्री गुरुङद्वारा झापाका सरकारी अड्डामा आफैं सेवाग्राही बनेर आकस्मिक अनुगमनः "अहिले केही बोल्दिनँ, ग्राउण्ड रिपोर्ट बुझ्न आएको हुँ"

भेषराज नेपाल 128+ समाचार ( )
२२ आषाढ २०८३, सोमबार

झापा / नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङले झापा जिल्लाका विभिन्न रणनीतिक, संवेदनशील तथा प्रशासनिक निकायहरूको आकस्मिक स्थलगत अनुगमन गरेका छन्।

सीमा सुरक्षा व्यवस्था, भन्सार प्रशासन, सर्वसाधारणको सुरक्षा र जिल्लाको समसामयिक वस्तुस्थितिबारे प्रत्यक्ष जानकारी लिन झापा आइपुगेका गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राष्ट्रिय परिचयपत्र लिने प्रक्रियाको प्रत्यक्ष वस्तुस्थिति बुझ्न आफैं सेवाग्राही बनेर कामकारवाहीको अनुगमन गरेका थिए। सो क्रममा प्रशासन कार्यालयको सेवा प्रवाहप्रति असन्तुष्टि जनाउँदै उनले चित्त नबुझेको र सरकारी ढिलासुस्तीका कारण सर्वसाधारण सेवाग्राहीले निकै दुःख पाउने गरेको निष्कर्ष सुनाए। प्रशासनको यथार्थ अवस्था जाँच्न गृहमन्त्री गुरुङले आजै नागरिकता लिएका सेवाग्राहीहरूलाई आफैंले प्रत्यक्ष फोन गरेर उनीहरूले भोगेका समस्या, लागेको समय र वास्तविक अनुभवका बारेमा सोधपुछ समेत गरेका थिए।

अनुगमनका क्रममा सञ्चारकर्मी र स्थानीयले सोधेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री गुरुङले अहिले नै मन्त्रालयबाट कुनै औपचारिक टिप्पणी वा निर्णय सुनाउनुभन्दा पनि मैदानको वास्तविक अवस्था बुझ्न आफू आएको स्पष्ट पारे। झापाको वास्तविक शान्ति-सुरक्षा, प्रशासनिक सुशासन र सीमाको अवस्था के छ भन्नेबारे विस्तृत ग्राउण्ड रिपोर्ट संकलन गर्न आफैं मैदानमा ओर्लिएको बताउँदै उनले यहाँको रिपोर्ट तयार भएपछि मात्र आवश्यक कदम चालिने उल्लेख गरे। आफ्नो अनुगमन अभियानकै क्रममा मन्त्री गुरुङले झापा जिल्ला कारागारको पनि निरीक्षण गरी त्यहाँको ढल व्यवस्थापनको दयनीय अवस्था र बन्दीहरूको मानवअधिकारको विषयमा चासो राख्दै तत्काल सुधारका लागि निर्देशन दिएका थिए।
प्रशासनिक र कारागारको अनुगमन पश्चात् जिल्ला प्रहरी कार्यालय झापा पुगेका गृहमन्त्री गुरुङले त्यहाँ उपस्थित सम्पूर्ण सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूलाई राखेर विशेष निर्देशन दिएका थिए। उनले सीमा क्षेत्रमा हुने चोरी-पैठारी, राजश्व चुहावट र लागुऔषध ओसारपसार नियन्त्रणमा शून्य सहनशीलता अपनाउन सुरक्षा अंगहरूलाई सचेत गराए। पूर्वसूचना बिना नै गृहमन्त्री जिल्लाका कुना-कुना, सरकारी अड्डा र नाकाहरूमा पुगेर प्रत्यक्ष नागरिकसँग संवाद गर्न थालेपछि झापाको गृह प्रशासन र सुरक्षा निकायमा ठूलो तरंग पैदा भएको छ। स्थलगत रिपोर्ट संकलन गरिसकेपछि गृह मन्त्रालयले सीमा सुरक्षा, तस्करी नियन्त्रण र आन्तरिक सुशासनका लागि झापामा केही ठोस र नयाँ नीतिगत निर्णयहरू लिन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार