मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

झापा गोल्डकपलाई ७ लाख सहयोग

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

झापा मुख्य सहप्रायोजक रहेको अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्डकपलाई सात लाख रुपैयाँ सहयोग गरेको छ ।

बुधबार गोल्डकपको सचिवालयमा आयोजित संक्षिप्त समारोहका बीच समाजले सात लाख रुपैयाँ बराबरको चेक प्रदान गरेको हो ।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नवीन पोखरेलले गोल्डकपका अध्यक्ष बिनोद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा गोल्डकपका अध्यक्ष बस्नेतले खेलकुदका लागि गरेको सहयोग महत्वपूर्ण भएको भन्दै अन्तर्राष्ट्रिय झापाली समाजलाई धन्यवाद दिएका थिए ।

गोल्डकपका महासचिव पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सहजीकरण सचिवालय सदस्य केशव भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार