मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

साक्षीका रूपमा रहेका अग्रवाल निर्दाेष साबित भएपछि रिहा

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२ चैत्र २०८२, सोमबार

झापा । झुट्टा प्रमाण एवम् परिस्थिति निर्माण’ सम्बन्धी मुद्दामा  साक्षीका रूपमा रहेका कृष्ण अग्रवाल रिहा भएका छन्  तीन करोड रकम ठगी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिका-५ का २५ वर्षीय  अग्रवाल रिहा भएका हुन् ।उनी निर्दोष साबित भएपछि चैत १ गते साँझ रिहा भएका हुन् । ठगी गरेको भन्दै कनकाई नगरपालिका–३ सुरुङ्गाका निर्मल श्रेष्ठलगायत २५–३० जनाले शनिवार अग्रवाललाई समातेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएका थिए । त्यस विषयमा प्रहरीले अनुसन्धान तथा छानबिन गरेको थियो ।

युरोपेली मुलुक क्रोएशिया पठाइदिने भन्दै धेरै विद्यार्थीबाट तीन करोडभन्दा बढी रकम उठाइएको थियो । अदालतमा विचाराधीन मुद्दाका साक्षी बसेका अग्रवाललाई श्रेष्ठले समातेर प्रहरी कार्यालय लिएर गएका थिए । झापा जिल्ला अदालतमा दर्ता भएको ‘झुट्टा प्रमाण एवम् परिस्थिति निर्माण’ सम्बन्धी मुद्दामा अग्रवाल साक्षीका रूपमा रहेका थिए । उक्त मुद्दा बुद्धशान्ति–२ का प्रज्ज्वल कार्कीले श्रेष्ठविरुद्ध दायर गरेका थिए ।

बिर्तामोड घर भई दुबईमा बस्दै आएका प्रकाश सङ्ग्रौला र सुरुङ्गाका श्रेष्ठले युरोपेली मुलुक क्रोएशिया पठाइदिने भन्दै धेरै विद्यार्थीबाट तीन करोड रुपैयाँभन्दा बढी रकम उठाएको आरोप छ । पीडितका अनुसार सङ्ग्रौलाले विद्यार्थीहरूलाई आफ्ना साथीभाइका बैङ्क खातामा रकम जम्मा गर्न लगाउने र त्यसपछि नगद निकालेर श्रेष्ठमार्फत बुझ्ने व्यवस्था मिलाइएको थियो । दुबईमा रहेका सङ्ग्रौलासम्म रकम पुगेपछि उनी सम्पर्कविहीन भएको बताइएको छ । यसअघि पीडितहरूले श्रेष्ठविरुद्ध ठगीको उजुरी प्रहरीमा दिएका थिए । सोही आधारमा उनीबिरुद्ध ठगी मुद्दा चलेको थियो । प्रहरी हिरासतमा रहेका श्रेष्ठपछि मिलापत्रका माध्यमबाट छुटेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार