मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |
मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |


झापाकाे ऐतिहासिक पुरातत्व बाेकेकाे स्थल "किच्चकबध"

Desh Pradesh News 1+ समाचार ( )
१६ मंगशिर २०८२, सोमबार

झापा / महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको महाभारतकालीन कथासँग जोडिएकाले धार्मिक तथा पर्यटकीय स्थल किच्चकबध आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । 

पुरातत्व विभागको टोलीले आठौं चरणको उत्खननका क्रममा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिए ।

उनका अनुसार विगतमा यहाँ भएको उत्खननबाट २२०० वर्ष पुरानो दरबारको सुरक्षा पोस्ट, पर्खाल र कम्पाउन्डसहितको भौतिक संरचना भेटिएको थियो । त्यसबेला मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाडावर्तनसमेत फेला परेपछि त्यसलाई पुरातत्व विभागले संरक्षण गर्दै आएको छ ।

पछिल्लो समय मानव निर्मित मन्दिर, पोखरी र अन्य भौतिक संरचना बनाइएका कारण प्राचीन महत्वका संरचना तथा वस्तुहरु नष्ट हुने जोखिम छ । विभागले नयाँ संरचनाहरू जथाभावी रूपमा नबनाउन आग्रह गर्दै आएको छ ।

गत वर्ष विभागले एउटा मन्दिर हटाउन लगाएको थियो । सोही मन्दिरमुनि यस पटक उत्खनन गर्दा प्राचीन दरबारको जग भेटिएको छ।

पुरातत्वविद् आचार्यले किच्चकबध स्थलमा फेला परेका प्राचीन वस्तुहरूको बेलायतमा नमुना लगेर कार्बन टेस्ट गर्दा २२ सय वर्ष पुरानो पुष्टि भएको बताए । प्राचीन स्मारकका बारेमा आठौँ चरणसम्मको उत्खननबाट कुनै लिखित सामग्री भने फेला नपरेको उनले बताए ।

यहाँ हामीले भेटाएका सामानहरू २२ सय वर्ष पुरानो वास्तुकला, सभ्यता र संरचनाको प्रमाण भएको पुष्टि भइसक्यो”, उनले भने, “सानो कम्पाउन्डसहित सुरक्षा पोस्ट र हात्ती घोडालाई लगाइदिने सामान पनि भेटिएका छन् । यी कुराले यो स्थान प्राचीन धरोहर हो भन्ने प्रमाणित हुन्छ ।”

किंवदन्तीअनुसार महाभारतकालीन राजा विराटको ‘किच्चक’ नामका सालो थिए । यहाँ उनको दरबार थियो । पाँच पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले विराटनगरदेखि लखेटेर किच्चकलाई यही दरबारमा ल्याएर बध गरेका थिए। त्यही कारण यस स्थानलाई किच्चकबध स्थल भनिन थालेको हो ।

 

२०१८ सालमा राज महेन्द्रले गाउँ फर्क अभियान चलाउँदा त्या क्षेत्रमा घना जंगल रहेको र तै जंगल फडानी गरेर बस्ती बसाएको बुडापाकाहरु बताउँछन् ।

स्थानीयहरुका अनुसार २०३६ सालमा देवनिया नदीमा ठुलो बाढी आएका कारण बस्ती पूर्ण रुपमा डुवान भएपछि त्यस क्षेत्रमा बसोबास गरेकाहरुलाई सुरक्षित ठाँउमा राख्न माथि डाँडामा राखिएपछि त्यसै वेला त्याहाँका भग्नावेशहरु हटाएर खनजोत गरि खेतीपाती गरेकाले धेरै जसो भु-सतहका पुरातात्विक संरचना नस्ट भएको बताउँछन् ।

डाँडा भन्दा केहि तल पाँचकुने पोखरी रहेको छ जसलाई पाताल गङ्गाको नामले पनि चिनिन्छ। उक्त पोखरीको जल हिउँद वर्षा कहिले पनि नबढ्ने नघट्ने गरेको स्थानीयहरु बताउँछन् ।

किम्वदन्ती अनुसार पाँच पाण्डवहरु आफ्नो भेष बद्लेर विराट राजको दरबारमा गुप्तबास बस्दा राजाबाट विभिन्न प्रकारका पापयुक्त कार्य गर्न लगाएकोले सो पाप पखाल्न पाण्डवहरुले सो पोखरीको रुपमा पाताल गङ्गाको मन कल्पित गरेर उत्पन्न गरेको पाइन्छ ।

भद्रपुर नगरपालिका–२ मा १० विगाह जमिनमा फैलिएको यस स्थानमा पुग्नका लागि चन्द्रगढी विमानस्थलबाट दक्षिण १० किलोमिटर रहेको छ । प्राकृतिक दृश्यावलोकनका लागि सुन्दर देउनिया नदीको किनारमा अवस्थित किचकबध स्थलमा हाल भीमसेनले किचकलाई बध गरिरहेको दुई वटा मूर्ति रहेका छन् ।

२०३८ सालमा निर्मित पुरानो मूर्ति भत्किन थालेपछि यस स्थलको पूर्वी भागमा नयाँ मूर्ति बनाइएको छ । यो सँगै यस स्थलमा सतीदेवी, शिव र मातातिर्थ तथा विष्णुपादुकाको मन्दिर पनि छ । जसका कारण नेपालगञ्ज, जनकपुर, धनुषा, विराटनगर र भारतको विभिन्न स्थलबाट यहाँ दर्शन तथा अवलोकन गर्न आउने गरेका छन् । विषेश गरि यो स्थल विहारसँग सीमा जोडिएको हुँदा दैनिक उतैदेखि धेरै जना दर्शन गर्न र घुम्न आउने गरेका छन् । विजुली वत्ती, खानेपानी र शौचालयको राम्रो व्यवस्था र सुरक्षाको दृष्टिकोणले पनि सुरक्षित भएका कारण किच्चक बधमा पर्यटकहरु ढुक्कसँग आउने गरेका छन् । यस स्थलमा नेपाल प्रहरीको अस्थायी विट रहेको छ ।

किच्चक बध पुग्नका लागि भद्रपुरदेखि दुईवटा सडक प्रयोग गरेर पुग्न सकिन्छ । झापाचोक हुँदै सगरमाथा चोक पुगेर त्याहाँबाट एक किलोमिटर पूर्व लागेपछि सो स्थलमा पुग्न सकिन्छ भने अर्को भद्रपुर बजारबाट नयाँ बजार हुँदै सिधै दक्षिण गएर देवनिया नदीको झोलुङ्गे पुल तरेर पुगिन्छ ।

किच्चकबध स्थल मानिसको प्राचीन सभ्यता र संस्कृति चिनाउने एउटा ऐतिहासिकस्थल भएकाले यसको प्रचारप्रसार हुनसके ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको स्थानीयहरुको भनाइ छ ।  

पर्यटक आकर्षित गर्न सक्दा यस क्षेत्रकै विकासमा टेवा पुग्ने भएता पनि हाल कही कतैबाट सहयोग पाउन नसके पनि समितिले पिकनिक स्पट, वाल उद्यान, सामुदायिक भवन, झोलुङ्गे पुललगायतका संरचना निर्माण भएको जनाएको छ ।

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार